कृषि विश्वविद्यालयको कार्यक्रम सफल पार्न मुख्यमन्त्री यादवको अपिल

राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री एवम् मधेश कृषि विश्वविद्यालयका कुलपति सरोजकुमार यादवले कृषि विश्वविद्यालयको पूर्वनिर्धारित भवन शिलान्यास कार्यक्रममा सहभागी हुन सबैमा अपिल गरेका छन् ।

कार्यक्रममा सहभागी हुन राजविराज आएका मुख्यमन्त्री यादवले आज विहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो अपिल गरेका हुन् ।

‘राजविराज नगरपालिका–१३ स्थित आयोजना गरिएको विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम पूर्वनिर्धारित समयअनुसार नै हुन्छ’, उनले भने ।

मुख्यमन्त्री यादवले शिलान्यास कार्यक्रम शान्ति पुर्ण रुपमा सफल बनाउन पनि सबैमा आग्रह गरे । ‘कृषि विश्वविद्यालय समग्र प्रदेशकै लागि गौरवको आयोजना हो’ उनले भने, ‘त्यसै पनि कार्यक्रमलाई सफल बनाउने दायित्व र जिम्मेवारी सम्पूर्ण प्रदेशवासीको हो ।’

पूर्वनिर्धारित कार्यक्रमअनुसार आज विहान साढे ११ बजे कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम रहेको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस