सुरक्षा घेरा तोडेपछि शिक्षामन्त्री यादव कुटिए 

राजविराज — मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रमका लागि बनाइएको सुरक्षा घेरा तोडेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

आज दिउँसो कार्यक्रम चलिरहेको बेला जनमत पार्टीका नेता कार्यकर्ताले सुरक्षा घेरा तोडेका थिए । सोही क्रममा भएको लाठीचार्जबाट विरोध गर्न पुगेका मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री महेशप्रसाद यादवको टाउकोमा चोट लागेको छ । मन्त्री यादवले चाठीचार्जबाट आफ्नो टाउको फुटेको बताए ।

यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढृण्डीराज नेउपानेले सुरक्षा घेरा तोडेपछि समान्य बल प्रयोग भएको बताए । यद्यपी, मन्त्री यादवको टाउको भने नफुटेको उनले बताए । ‘सुरक्षा घेरा तोडेपछि समान्य बल प्रयोग भएको हो, सोही क्रममा मन्त्री ज्यूको टाउकोमा चोट लागेको छ तर टाउको भने फुटेको छैन्’, उनले भने ।

राजविराज–१३ विषहरियास्थित विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि बनाउने विषयमा जसपाबाट निर्वाचित मुख्यमन्त्री सरोजकुमार यादव र जनमतबाट निर्वाचित शिक्षामन्त्री यादवबीच मतभेद भएको थियो ।

जनमतका कार्यकर्ताले अध्यक्ष डा.सिके राउतलाई प्रमुख अतिथि बनाउनुपर्ने माग गरेका थिए । तर, जसपाले अध्यक्ष उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न अडान लिएपछि विवाद भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस