मधेशका कृषि मन्त्री र कर्मचारीले डिडिसीको दुग्धजन्य परिकार किन्नैपर्ने

जनकपुरधाम – मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री, सचिवसहितका कर्मचारीले अनिवार्य डिडिसीको दुग्धजन्य परिकार किन्नुपर्ने भएको छ ।

डिडिसी, मधेश प्रदेश संकलन केन्द्र जनकपुर दुग्ध वितरण आयोजनामा संकलनको अनुपातमा दुग्धजन्य परिकार विक्री नहुन थालेपछि मन्त्रालयले सो निर्णय गरेको हो । विभागीय मन्त्रीले ५, सचिवले ३ तथा ११, १० र ९ औं तहका कर्मचारीहरुले २ दिनको तलवको दुग्धजन्य परिकार किन्नुपर्ने छ भने सो भन्दा तल्लो तहका कर्मचारीले १ दिनको तलव दुग्धजन्य परिकार किन्नुपर्ने निर्णय भएको मन्त्रालयका सचिव डा. शरण पाण्डेले बताए ।

उनले घ्यु र मखन राख्न माइनस १८ डिग्रीको वातावरण अनुकुलित भण्डार अभावका कारण तत्काल केहि राहतका लागि घ्यु मखन खरिद गर्न यस्तो बाध्यात्मक निर्णय भएको बताए ।

आयोजनाका प्रमुख दिनेश कुमार जोशीका अनुसार हाल दैनिक ४ देखि ५ हजार लिटर दुग्ध संकलन भइरहदा पनि १ हजार लिटर मात्र विक्री भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस