साम्सीका तत्कालिन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साम्सी गाउँपालिकाका तत्कालिन अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भ्रष्टाचारको अभियोगमा तत्कालिन गाउँपालिका अध्यक्ष शेष फारुक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर–६ मा आर्थिक वर्ष २०७७/०७८ मा बनाइएको सडक ढलान योजना, पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्यांकन गराएर अनियमितता गरेको अख्तियारले जनाएको छ ।

नक्कली नापी किताब, बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको, साथै प्रतिवादी ओमकुमार महतोले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म योजनाको बिलअनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन ४ लाख ३ हजार ५८१ रकम भुक्तानी दिएको भन्दै गैरकानूनी कार्य गरेको पाइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस