सार्वजनिक जग्गा व्यक्तिलाई पास गरिदिएको भन्दै गाउँपालिकामा तालाबन्दी

राजविराज–सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका कार्यालयमा बिहिवार तालाबन्दी भएको छ । गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सघाएको भन्दै गठित संघर्ष समितिले तालाबन्दी गरेको हो ।

समितिका संयोजक अरुण कुमार चौधरीको अगुवाइमा पुगेकाहरुले मुल गेटमै तालाबन्दी गरी धर्ना समेत दिएका हुन् । गाउँपालिकाका अध्यक्ष चौधरीले स्वेच्छाचारी निर्णयबाट व्यक्तिको नाममा पास भएको इटहर्वा बजार कलौनी सितापुरको सार्वजनिक जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने समितिका संयोजक चौधरीले जानकारी दिए ।

उनका अनुसार यसअघि कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्ष चौधरीले मालपोत कार्यालय सप्तरीलाई जग्गा रोक्का तथा चारकिल्ला सिफारिस गरिएकोले संशोधनसहित जग्गा रोक्का राख्ने सहितका आफुहरुसित भएको सम्झौता विपरीत व्यक्तिको नाममा सार्वजनिक जग्गा पास गरेको विरुद्धमा आन्दोलित भएका हुन् ।

उनले गाउँपालिका अध्यक्ष चौधरीले मोटो रकम लिएर कार्यपालिकाको निर्णयबाट रोक्का राखिएको जग्गा फुकुवा सिफारिस गरेको आशंका समेत व्यक्त गरे ।

गाउँपालिकाका अध्यक्ष चौधरीले उक्त जग्गा व्यक्तिकै रहेकोले आफुले सिफारिस दिएको बताए । ‘त्यो सार्वजनिक जग्गा हुँदै होइन, लालपूर्जा सहित निवेदन आएपछि मैले सिफारिस दिएको हुँ’ उनले भने, ‘मैले एक पैसा पनि कसैसँग लिएको छैन्, लिएको छु प्रमाणित गर्नुस्, म भोग्न तयार छु ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780