राजविराज । राष्ट्र कल्याणको लागि सप्तरीको राजविराजमा महाविष्णु महायज्ञ सुरु भएको छ ।राजविराज नगरपालिका ६ स्थित खर्शालमा बिहिवारदेखि ९ कुण्डीय महाविष्णु महायज्ञ सुरु भएको हो ।
बिहिबारदेखि सुरु भएको यो महायज्ञ नौ दिनसम्म चल्ने महाविष्णु महायज्ञका ब्यबस्तापन समितिको संयोजक खुसीलाल यादवले बताएका छन् ।
यज्ञमा बिहान वेद ध्वनी, कलश पुजा, हवन, भोग आरती,कथा प्रवचन र साँझ रासलिला कार्यक्रम रहेको उनले बताए । महायज्ञमा कथा प्रवचनको लागि अयोध्याबा पंडित भगवान शरणदास, देवी चन्द्रकला आएको यादवले जानकारी दिए ।
‘नौ दिन सम्म यो महायज्ञ चल्नेछ, यहाँ कथा प्रवचनको लागि भारतको अयोध्याबाट पंडित भगवान शरणदास र देवी चन्द्रकला आउनुभएकी छिन्, उहाँहरुले संध्याकालिन कथा प्रवचन गर्नुहुन्छ,’ उनले भने, ‘यस यज्ञको मुख्य उद्देश्य राष्ट्र कल्याण नै हो ।’