एसइई : सिरहामा नेपाली विषयको प्रश्नपत्र ‘आउट’ 

सिरहा– सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज भइरहेको नेपाली विषयको प्रश्न पत्र ‘आउट’ छ ।

परीक्षा सुरु भएको केही मिनेटमै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेका टोलीले परीक्षा हलबाट व्हाट्सएपमार्फत प्रश्न पत्र बजारमा उपलब्ध गराएको बताइएको छ ।

उता, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले प्रश्न पत्र बाहिरिएको विषयमा बुझ्ने कार्य भइरहेको बताए । ‘हामी पनि परीक्षाको अनुगमनमै छौं, र प्रश्न पत्र बाहिरिएको विषयमा बुझ्ने कार्य भइरहेको छ’ उनले भने, ‘अब हाम्रै जिल्लाबाट बाहिरिएको हो की अन्य जिल्लाबाट त्यो बुझ्दैछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस