विश्वविद्यालयकै सूचनामा वाक्यै पिच्छे शुद्धाशुद्धिमा त्रुटि

रामशंकर भण्डारी

राजविराज–अहिले नेपाली भाषाको विवाद उत्कर्षमा छ । भाषा बिगारिएको, भाषामाथि अन्याय गरिएको, ‘प्रविधिमैत्री’ बनाउने नाममा मानक नेपाली भाषामाथि अस्वाभाविक चलखेल गरिएको आरोप लागिरहेको छ ।

भाषामा शुद्धाशुद्धिको विषय नै द्वन्द्वको मुख्य विषय बनिरहेको छ । भाषाविज्ञहरूले पनि उक्त विषयमा आ–आफ्ना तर्कहरू दिइरहेका छन् ।

भाषा र शुद्धाशुद्धि एकदमै संवेदनशील विषय हुन् । भाषा कुनै समाज र सभ्यताका अमूल्य सम्पत्ति हो । यसर्थ भाषाप्रति मानिस ज्यादै सचेत हुने गर्छन् । त्यसो त आम व्यक्तिबाट लेखिएका वा लेखिने नेपाली भाषामा शुद्धाशुद्धि तथा व्याकरणीय त्रुटि हुनु नौलो होइन । तर, पछिल्लो समय एक विश्वविद्यालयले नै शुद्धाशुद्धिमा ख्याल गर्न छाडेको पाइएको छ ।

सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयले शुद्धाशुद्धिमा ख्याल गर्न छाडेको पाइएको हो । विश्वविद्यालयबाट चैत्र ११ गते प्रकाशित सूचनामा शुद्धाशुद्धिमा त्रुटि नै त्रुटि देखिएको छ ।

विश्वविद्यालयले कृषि स्नातक (बीएससी एजी) तहमा विद्यार्थी भर्नाका लागि पुनः प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ । तर, ती सूचनामा वाक्यै पिच्छे शुद्धाशुद्धिमा त्रुटि देखिएको हो ।

एक पत्रिका र विश्वविद्यालयको वेबसाइटमा प्रकाशित उक्त सूचनामा देखिएको त्रुटिले सामाजिक सञ्जालमा विश्वविद्यालय, भिसी, रजिष्ट्रारसहितका कर्मचारी आलोचित बन्न पुगेका हुन् ।

विश्वविद्यालयले जारी गरेको सूचनामा शुद्धाशुद्धिमा त्रुटि देखिनु चरम लापरवाही भएको सामाजिक प्रयोगकर्ताको कथन छ ।

उक्त विषयमा विश्वविद्यालयका रजिष्ट्रार डा.श्रीभगवान ठाकुरसँग बुझ्न खोज्दा …४५ नम्वरको मोबाइल उठेन ।

Author:



क्याटोगरी छान्‍नुहोस