सुनसरीका ५ स्थानीय तहमा कर्फ्यु

विराटनगर–सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका–१ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर, स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न हरिनगर, देवानगञ्ज, कोशी, भेक्राह नरसिंह र सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको कामु प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जानकारी दिए ।

कर्फ्युका क्रममा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक आवतजावत गर्न, भेला हुन र सामूहिक रूपमा गरिने कुनै पनि कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको छ । यदि आदेश उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

हरिनगर क्षेत्रमा कर्फ्यु लगाइए पनि स्थानीयले प्रदर्शन नरोकेपछि बिहानैबाट स्थिति तनावग्रस्त बनेको थियो । त्यहाँको अवस्था अझै पनि सामान्य बन्न सकेको छैन । हरिनगरको मुख्य बजार भुटाह बिहानैबाट तनावग्रस्त बनेको छ ।

शुक्रबार मध्यान्न १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।

सो क्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूको बिराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिहीबार एसइई परीक्षाको क्रममा हरिनगर गाउँपालिका-१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायका बीचमा तनाव बढेको हो । बिहीबार साँझ स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुवै समूहका बीचमा झडप भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780