सफाइ पाए बिष्णुपुर गाउँपालिका अध्यक्ष, लेखापाल र एमआइएस अपरेटर 

राजविराज–सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष, लेखापाल र एमआइएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) अपरेटरलाई बिशेष अदालतले सफाइ दिएको छ ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भ्रष्टाचार सम्बन्धी मुद्दामा अध्यक्ष उमेश यादव, लेखापाल टेकनारायण यादव र एमआइएस बीरेन्द्रकुमार यादवलाई सफाइ दिने फैसला गरेको अदालतका सुचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

गत साउन ३१ गते राजविराजस्थित गजेन्द्र चौक नजिकबाट लेखापाल टुकनारायण र कम्प्युटर अपरेटर बीरेन्द्रलाई योजनाको भुक्तानीको नाममा २ लाख नगद र ३ लाखको चेक लिँदै गरेको अवस्थामा पक्राउ गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष उमेशलाई समेतलाई प्रतिवादी बनाई बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस