राष्ट्रिय मुक्ति क्रान्ति अभियानका प्रदर्शनकारी र प्रहरीबीच झडप, दुई दर्जनबढी घाइते

प्रिया सिंह थारु

काठमाडौं–राष्ट्रिय मुक्त क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो नेतृत्व प्रदर्शनकारी र प्रहरीबीच शनिवार झडप भएको छ ।

काठमाडौंस्थित बसन्तपुरबाट खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट सिंहदरबारतिर जाने खोजेपछि प्रहरीले महतो नेतृत्व प्रदर्शनकारीहरूमाथि लाठीचार्ज गरेको हो ।

प्रहरीले लाठीचार्ज गर्न थालेपछि प्रदर्शनकारीले ढुङ्गामुढा समेत गरेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ । झडपमा परेर केसव झा, आरके तमाङ, सिएन थारु, कौशल सिंह, संजय चौधरी , रमण पाण्डे , कुशल थिन, श्रीधर मानन्धर , रोशन लामा, आकाश घोसतिङ, काबिन लामा, बिशाल योनजन, मोतीलाल ठाकुर ,सुमन लामा, पासाङ घिसिङ लगायत दुई दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका अभियानकी नेता विधा श्रेष्ठले जानकारी दिएकी छन ।

महतो नेतृत्वको अभियानले नेवाः लगायत नेपालका राज्यविहीन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न भन्दै वसन्तपुरमा भेला भई तिं स्थलमा जाने कार्यक्रम तय भएको मुक्ति क्रान्तिका नेता केसव झाले विज्ञप्ती मार्फत जानकारी गराएको थियोे ।

Author:



क्याटोगरी छान्‍नुहोस