कुख्यात मिटरब्याजी प्रकरण : रामचन्द्र भगतको नाममा मात्रै ६३ ठाउँमा जग्गा !

राजविराज – ऋणीको जग्गा हडप्ने धन्दा फैलाएको भगत परिवारका एक जना सदस्यको नाममा मात्रै ६३ ठाउँमा जग्गा रहेको खुल्न आएको छ ।

ठगी तथा आपराधिक विश्वासघात गरेको मुद्दामा कुख्यात मिटरब्याजी परमानन्द भगत पक्राउ परेपछि भगत परिवारले जग्गा हडप्ने धन्दा नै फैलाएको पीडितहरुले गुनासो गर्न थालेपछि भगतका भतिजो रामचन्द्र भगतको नाममा मात्रै ६३ ठाउँमा गरी ७ विघा ११ कठ्ठाभन्दा बढी जग्गा रहेको पाइएको हो ।

तीमध्ये ०७६ साउन २० गते यता मात्रै विभिन्न व्यक्तिहरुबाट २६ ठाउँका जम्मा ३ विघा २ कठ्ठा जग्गा बोदे बरसाईन नगरपालिका–५ बस्ने रामचन्द्रको नाममा आएको छ भने अन्य जग्गा त्यसअघि नै उनको नाममा आएको हो । ‘मधेशलाईभ’लाई प्राप्त प्रमाणअनुसार मोरङ्गको विराटनगर, सप्तरीको बोदे बरसाईन, बेल्ही चपेना, इनर्वा फुलबरिया, बनौली, फुलकाही, भंगहा, खोजपुर, मानराजा, नेंगडा, खडकपुर, कल्याणपुर र मैनासहश्रवाहुको जग्गा गरी कुल ७ विघा ११ कठ्ठा साढे २ धुर रामचन्द्रको नाममा रहेको पाइएको छ ।

यसअघि ठगी तथा आपराधिक विश्वासघातमा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश जारी भएपछि रामचन्द्रका काका परमानन्द पक्राउ परेका थिए । पछि उनी विरामी परेको भन्दै उपचारको लागि विराटनगरस्थित कोशी अस्पतलामा भर्ना गरिएको थियो । यद्यपी, आर्थिक चलखेल भएपछि उनलाई थुनामुक्त गर्न अनाहकमा अस्पताल भर्ना गरिएको स्थानीय श्रोतको दावी छ ।

कहाँ कति जग्गा ?

विराटनगर–१३ को कित्ता नं.२५४ को १० धुर, बोदे बरसाईन–१ को कित्ता नं.३२ को २ कठ्ठा ५ धुर, वडा नम्वर ३ को कित्ता नं.६८६ को १० धुर, कित्ता नं.५०६ को ७ कठ्ठा पौने ८ धुर, कित्ता नं.३४९ को ५ धुर, कित्ता नं.८४३ को सवा धुर, वडा नम्वर ४ को कित्ता नं.७३९ को ६ धुर, कित्ता नं.५९३ को २ कठ्ठा ८ धुर, कित्ता नं.८४२ को सवा ३ धुर, कित्ता नं.११११ को १० धुर, कित्ता नं.७७० को १ कठ्ठा आधा धुर, कित्ता नं.२९ को ९ धुर जग्गा रामचन्द्रको नाममा रहेको छ ।

त्यस्तै, वडा नम्वर ५ को कित्ता नं.८२४ को २ कठ्ठा १५ धुर, कित्ता नं.६८८ को १ कठ्ठा १० धुर, कित्ता नं. ४११ को सवा १३ धुर, कित्ता नं.६०१ को १० धुर, कित्ता नं.४१० को १३ धुर, कित्ता नं.३५ को सवा १० धुर, वडा नम्वर ७ को कित्ता नं.१४९ को १० धुर,  वडा नम्वर ८ को कित्ता नं.८२८ को १ कठ्ठा सवा १० धुर, कित्ता नं.८२६ को १ कठ्ठा १० धुर, कित्ता नं.८२९ को १ कठ्ठा सवा १० धुर र कित्ता नं.६५९ को १८ धुरको जग्गा पनि उनकै नाममा रहेको छ ।

त्यस्तै, मैनासहश्रवाहु–२ को कित्ता नं.२१७ को २ कठ्ठा २ धुर, कित्ता नं.५५५ को ६ कठ्ठा ११ धुर, वडा नम्वर ३ को कित्ता नं.१५१ को १ कठ्ठा अढाई धुर, वडा नम्वर ५(क) को कित्ता नं.५१३ को १६ धुर र वडा नम्वर ६(क)को कित्ता नं.६३१ को १ कठ्ठा जग्गा उनको नाममा छ भने कल्याणपुर–६ (ख) को कित्ता नं.७९४ को २ कठ्ठा १९ धुर र वडा नम्वर ४(घ) को कित्ता नं.७९४ को १ कठ्ठा ७ धुर रामचन्द्रको नाममा रहेको छ ।

त्यस्तै, खडकपुर–१ (क) को कित्ता नं.३८७ को ७ कठ्ठा साढे १० धुर र कित्ता नं.५५३ को ४ कठ्ठा सवा १८ धुर, नेंगडा–५ को कित्ता नं.१०५७ को २ कठ्ठा ७ धुर, खोजपुर–१ (क) को कित्ता नं.५३१ को १० धुर, भंगहा–३ (क) को कित्ता नं.२५३ को २ कठ्ठा २ धुर, कित्ता नं.५५३ को २ कठ्ठा २ धुर, कित्ता नं.५४९ को १ कठ्ठा आधा धुर उनको नाममा रहेको छ ।

त्यस्तै, मानराजा–९ (क) को कित्ता नं.२९९ को २ कठ्ठा ५ धुर, कित्ता नं.३११ को १२ कठ्ठा १० धुर, कित्ता नं.२२८ को १ कठ्ठा १४ धुर, ९ (ख)को कित्ता नं.२७१ को १ कठ्ठा १७ धुर, कित्ता नं.१०३ को १७ धुर, कित्ता नं.१०१ को १४ धुर, वडा नम्वर ६ को कित्ता नं.९८४ को साढे १३ धुर, कित्ता ७३० को १ कठ्ठा साढे ८ धुर, कित्ता नं.१००५ को सवा १६ धुर, वडा नम्वर १(क) को कित्ता नं.३१८ को १५ धुर, कित्ता नम्वर १२ को १ कठ्ठा ९ धुर, वडा नम्वर ७ को कित्ता नं.३५५ को १ कठ्ठा ५ धुर, वडा नम्वर ४ को कित्ता नंं.७७० को ५ धुर जग्गा रामचन्द्रको नाममा रहेको छ ।

त्यस्तै, फुलकाही–२ (क) को कित्ता नं.७६६ को ७ कठ्ठा १२ धुर,  वडा नम्वर १ (क) को कित्ता नं.११३३ को ५ कठ्ठा ८ धुर, कित्ता नं.१५३६ को २ कठ्ठा १० धुर, वडा नम्वर ७ को कित्ता नं.५४ को ४ कठ्ठा १ धुर, वडा नम्वर ४ को ५५१ को १८ धुर, वडा नम्वर ८ को कित्ता नं.६५४ को २ कठ्ठा जग्गा उनको नामा रहेको छ ।

त्यस्तै, बनौली–६ (क) को कित्ता नं.१८१ को १० कठ्ठा साढे ९ धुर, वडा नम्वर १(क) को कित्ता नं.१८३ को ५ कठ्ठा १५ धुर, इनर्वा फुलबरिया–९ (क) को कित्ता नं.२६४ को १६ धुर, सोही ठाउँको कित्ता नं.२६२ को १ कठ्ठा २ धुर र बेल्ही चपेना–८ (क) को कित्ता नं.५५९ को ५ कठ्ठा ६ धुर, वडा नम्वर ३ को कित्ता नं.६६ को २ कठ्ठा अढाई धुर जग्गा रामचन्द्रको नाममा रहेको विवरणमा उल्लेख रहेको छ ।

उता, रामचन्द्रले आफ्नो नाममा के–कति जग्गा रहेको विषय व्यक्तिगत कुरा रहेको प्रतिक्रिया दिए । ‘जग्गाको विषय मेरो व्यक्तिगत कुरा हो, म भन्दिन तर मैले कसैको जग्गा अनाहकमा लिएको छैन्’, उनले भने ।

यो पनि :

कुख्यात मिटरब्याजी भगत परिवारको जालो–नियत नै ऋणीको जग्गा हडप्ने

मिटरब्याजीको आरोपमा भगत पक्राउ

Author:



क्याटोगरी छान्‍नुहोस