मिटरब्याजीको आरोपमा भगत पक्राउ

राजविराज–सप्तरीमा कुख्यात मिटरब्याजीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडक नगरपालिका–७ कल्याणपुर बस्ने परमानन्द भगत रहेका छन् ।

उच्च अदालत जनकपुर, राजविराज इजलासमा जाहेरी परेको थियो । अदालतबाट परमादेशपछि ईलाका प्रहरी कार्यालय कल्याणपुरले गत शुक्रवार भगतलाई नियन्त्रणमा लिएको हो । उनलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा आइतवार म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यद्यपी, मिलापत्र गराउनका लागि आर्थिक चलखेल भइरहेको श्रोतले बतायो । ‘भगतउपर दर्जनौं मिटरब्याजी पीडितहरुले उजुरी दिएका छन् तर उजुरीउपर प्रहरी/प्रशासनले सुनुवाइ नै गर्दैनन्’ उनले भन्यो, ‘बाध्य भएर न्याय गुहार्न पीडितलाई अदालतसम्म पुग्नुपरिरहेको छ र आर्थिक चलखेल गरेर मिलापत्र गराउने गर्छन् तर पीडितले न्याय भने पाइरहेको छैन् ।’

ईलाका प्रहरी कार्यालय कल्याणपुरका इन्सपेक्टर शुभेष अधिकारीले उनीमाथि म्याद थप भई अनुसन्धान भइरहेको बताए । ‘आर्थिक चलखेलको विषय मलाई जानकारी छैन्’, उनले भने ।

यता, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ढुण्डिराज नेउपानेले पनि ठगी तथा आपराधिक विश्वासघात मुद्दामा भगतमाथि म्याद भई अनुसन्धान भइरहेको बताए । ‘अन्य आरोपमा सत्यता छैन्’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस