प्रमुख साहको बदमासीले अस्पतालको कार्यालय भवन निर्माण कार्य ठप्प

राजविराज – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका कार्यालय प्रमुख शंकर साहको बदमासीले अस्पतालको कार्यालय भवन निर्माण कार्य ठप्प भएको छ ।

सोमबार अस्पतालको कार्यालय भवन निर्माण कार्यको ठेक्का पाएका निर्माण कम्पनीले पत्रकार सम्मेलन गर्दै सो विषयमा जानकारी गराएको हो । राधाकृष्ण निर्माण सेवा राजविराजका निर्देशक विनोद साफीले काम गरेको ‘रनिङ’ बिलको भुक्तानी नपाउँदा अस्पतालको कार्यालय भवन निर्माण कार्य रोकिनु परेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै राधाकृष्ण निर्माण सेवा राजविराजका निर्देशक विनोद साफी ।

‘०७९ माघ २२ गते पिपिएमओले कार्यालय भवन निर्माणका लागि आह्वान भएको इविडिङ्गमार्फत ४ करोड १६ लाख ६० हजार ५१० रुपैयाँमा हामीले ठेक्का पाएका छौं, सम्झौताअनुसार ०८१ असार १५ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ तर कार्यालय प्रमुख साहको बदमासीले रनिङ बिलकै भुक्तानी नपाउँदा समस्या भएको छ’ उनले भने, ‘गत असोज ३० गते नै भुक्तानी माग गर्दै पेश गरेको ६६ लाख २६ हजार ५४२ रुपैयाँको बिल अझैंसम्म पाएको छैन् ।’

काम गरे वापतको भुक्तानी मागेको पाँच महिनाभन्दा बढी भइसक्दा पनि कार्यालय प्रमुख साहले भुक्तानी गर्न अनाकानी गर्दै आएको निर्देशक साफीले बताए । ‘भुक्तानी नपाउँदा आफूहरुलाई दिनहुँ पसलेहरुबाट गाली–बेइज्जती सह्नुपरेको छ, समय तोकेर क्रेडिटमा निर्माण सामग्री लिएका थियौं तर काम गरेको भुक्तानी नपाउँदा उनीहरुको पैसा तिर्नै सकेको छैन्’ उनले भने, ‘यस्तोमा व्यवसाय गर्ने अवस्था नै रहेन, थप निर्माण कार्य कसरी अगाडी बढाउनू ?’

आफ्नो काममा कुनै प्रकारका त्रुटी भए कानूनअनुसार सहन तयार रहेको भन्दै निर्देशक साफीले भुक्तानी दिलाउने कार्यमा सहयोग गरिदिन सबै पक्षसँग आग्रह गरे । ‘कार्यालय प्रमुख साहले अनावश्यक बहानाबाजी गरेर काम गरेको भुक्तानी दिन चाहिरहेको छैन्, भन्छन् टेन्डर प्रक्रियामै गडबडी छ तर मैले इविडिङ्गबाट टेन्डर लिएका छौं र यसअघि काम गरेको पहिलो किस्ता वापतको ५० लाख रुपैयाँ भुक्तानी पनि पाइसकेका छौ’ उनले भने, ‘यसअघि कार्यालय प्रमुख डा.प्रभातकुमार झा हुनुहुथ्यो, त्यसपछि आउनुभएका कार्यालय प्रमुख साहले कामभन्दा पनि अनाहकमा दुःख दिने काम गर्दै आउनुभएको छ ।’

उनले हालसम्म भुक्तानी नपाएकोले समयमा काम सम्पन्न गर्न पनि कठिनाई हुने र त्यसबाट हुने क्षतिको जिम्मेवारी पनि कार्यालय प्रमुख साहलाई नै लिनुपर्ने बताए ।

यता, कार्यालय प्रमुख साहले अस्पताल भवनको कार्यालय निर्माण कार्य बहुवर्षिय योजना स्वीकृत नगराएकोले यो वर्ष भुक्तानी गर्न समस्या भएको बताए । ‘यसमा गत वर्ष मलेपले पनि सैद्धान्तिक बेरुजू देखाएको छ’ सैद्धान्तिक बेरुजु फछ्र्यौट गर्ने जिम्मा त कार्यालय प्रमुखको हो नि, यसमा निर्माण कम्पनीको के दोष ? भन्ने प्रश्नमा उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त योजनामा छानविन गरिरहेको छ ।’

उक्त विषयमा समाधानका लागि तालुक निकायमा कुरा भइरहेको र निरुपणका लागि आग्रह गरिरहेको कार्यालय प्रमुख साहको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780