राजनीतिक प्रतिशोध साँध्न आफ्नो चरित्र हत्या गर्न खोजियो: नेता ओमप्रकाश

राजविराज-सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी जनता समाजवादी पार्टी (जसपा) नेपालका नगर उपाध्यक्ष ओमप्रकाश यादवले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । 

उनले मंगलबार पत्रकार सम्मेलन गर्दै  केही मिडियाले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् । ‘केही मिडियाले आफुसॅंग राजनीतिक  प्रतिशोध साँध्न तस्करीमा जोडेको देखियो, जुन सरासर कपोलकल्पित र भ्रामक हो’ उनले भने ‘समाचारमा मेरो फोटो समेत राखेर प्रकाशन गरेकोमा म त्यसलाई प्रमाणित गर्न चुनौती दिन चाहन्छु ।’

उनले आफ्नो साइनो सम्बन्ध नरहेको विषयलाई जोडेर लेखिएको भ्रामक समाचारको विषयमा आफुसॅंग एक पटक पनि नसोधेको भन्दै पत्रकारिताको मर्म विपरित काम गरेको बताए ।

उनले उक्त कपोलकल्पित समाचारले आफु मानसिक रुपमा पीडित हुन पुगेको दुखेसो गरे । उनले कारवाहीकालागि प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ र आम संचार प्राधिकरण मधेश प्रदेशमा उजुरी दिएको जानकारी गराउॅंदै वास्तविक्ता उजागर गरिदिन संचारकर्मीहरुसँग आग्रह समेत गरे । 

Author:



क्याटोगरी छान्‍नुहोस