सिरहामा पेस्तोल देखाएर मनि ट्रान्सफरको साढे १५ लाख लुटियो

लहान–सिरहामा आइतवार दिउँसै पेस्तोल देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ ।

स‍ ९ प ६३१० नम्बरको मोटरसाइकलमा साढे १५ लाख रुपैयाँ रकमसहित विष्णुपुरमा सञ्चालित शिव मनि ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम सिरहा नगरपालिका–८ स्थित भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् । लुटेरा चढेको भारतीय मोटरसाइकलको नम्बर खुलेको छैन् ।

सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको उक्त रकम भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनि ट्रान्सफरको रहेको बताइएको छ ।

पुरुषोत्तमले दिएका बयान अनुसार टुलेरामध्येय मोटरईकल चलाउनेले क्रिम कलरको र पछाडी बस्नेले रातो रंगको कपडा लगाएको प्रहरीले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस