हत्याका अभियुक्त इस्लाम ३८ वर्षपछि पक्राउ

राजविराज–सिरहामा हत्याका अभियुक्तलाई ३८ वर्षपछि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–१८ बरैरबोनाका ७० वर्षीय इस्लाम मियाँ धुनिया रहेका छन् ।

लहान नगरपालिका–२४ का खट्टर चौधरीको २०३६ कार्तिक ९ गते हत्या भएको थियो । उनको हत्यामा मियाँलाई जिल्ला अदालत सिरहाले २०४२ पौष १० मा दोषी ठहर गरेको थियो ।

सिरहा प्रहरीका अनुसार घटनामा दोषी ठहर गर्दै अदालतले मियाँलाई १० वर्ष कैद सजाय तोकेको छ । सजाय पाएपछि मियाँ लुकीछिपी बस्दै आएका थिए ।

अभियुक्तलाई पक्राउ गर्ने थालिएको अभियान अन्तर्गत मियाँलाई पक्राउ गरिएको एसपी सन्तोष आचार्यले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस