सरकारी तथा सार्वजनिक जग्गा कसैले कब्जामा लिएको भए यसो गर्नुस्

राजविराज–सप्तरी प्रशासनले अतिक्रमण वा कब्जामा परेका सरकारी तथा सार्वजनिक जग्गाबारे सूचना दिन आह्वान गरेको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार बुधवार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै १० दिनभित्र सोझै कार्यालय पुगेर वा इमेलमार्फत अतिक्रमण वा कब्जामा परेका सरकारी तथा सार्वजनिक जग्गाबारे सूचना दिन आह्वान गरेको हो ।

‘सप्तरीमा निजी हक दर्ता भोगचलन रहेका बाहेकको सरकारी तथा सार्वजनिक जग्गा पाटीपैवा, सत्तल, पार्क, पोखरी, कुवा, गौचर, सम्धीसर्पन, घाट, आदी जग्गाहरु कानून विपरित कसैले आफ्नो नाममा गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएको सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखिला खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लिजमा लिई प्रयोजन विपरित प्रयोग गरेको भए सो सम्बन्धी सत्य तथ्य प्रमाणसहितको सूचना, विवरण यस कार्यालयमा सोझै वा ईमेल [email protected] मार्फत १० दिनभित्र उपलब्ध गराइदिनहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।’, कार्यालयका प्रशासकीय अधिकृत भिमराज बस्नेतको हस्ताक्षरमा जारी गरिएको सूचनामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस