सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन

राजविराज, १३ वैशाख–सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको सात सदस्यीय तदर्थ समिति गठन भएको छ ।

बिहिवार सप्तरी उद्योग वाणिज्य संघको सभाहलमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षता भएको भेलाले शिव यादवको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो ।

समितिका सदस्यहरुमा मनोजकुमार शाह, मो.अकबर हुसेन, प्रकाशकुमार शाही, अशोक चौधरी, पारश शाह र आकाश आदर्श सर्वसम्मतले चयन भएका छन् । त्यस्तै, समितिका सल्लाहकारहरुमा शैलेश चौधरी, अरुणकुमार प्रधान, लालबाबु अग्रवाल र मनोजकुमार मुन्धडा चयन भएका हुन् ।

उक्त समितिलाई कार्यालय सञ्चालन गर्नका लागि सप्तरी उद्योग वाणिज्य संघले एउटा कोठा र २५ हजार रुपैयाँ र कार्यालय सञ्चालन र दर्ता प्रक्रियाका लागि महासंघका प्रदेश अध्यक्ष गौतमले ११ हजार रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य एवम् सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष पूर्व अध्यक्ष अरुणकुमार प्रधान, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु अग्रवाल, पूर्व अध्यक्ष मनोजकुमार मुन्धडा, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष विष्णु शाह, महासचिव बैकुण्ठ सापकोटा, कोषाध्यक्ष दानबहादुर थापा लगायतकाले समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिएका थिए ।

उक्त भेलामा सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गानन्द प्रसाद साह, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका सल्लाहकार मोहन शर्मा लामिछाने, सदस्य अन्जु न्यौपाने भूजेल, पदेन सदस्य सिरहाका अध्यक्ष रामकुमार गुप्ता, पदेन सदस्य कोषाध्यक्ष अन्जु न्यौपाने लगायत सप्तरीका होटल व्यवसायीहरुको सहभागीता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस