मुख्यमन्त्री यादवको घोषणा–चिम्टीका अग्निपीडितलाई मधेश सरकारले घर बनाइदिने

राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सप्तरीको चिम्टीका अग्निपीडितलाई प्रदेश सरकारले घर बनाइदिने घोषणा गरेका छन् ।

बिहिवार आगलागीस्थल महदेवा गाउँपालिका–१ चिम्टी पुगेर मुख्यमन्त्रीले यस्तो घोषणा गरेका हुन् । ‘मधेश सरकार जनताकै लागि बनेको हो’ उनले भने, ‘समस्यामा परेको जनताकालागि काम गर्नबाट सरकार पछि हट्दैन, १–२ दिनभित्रै आवश्यक निर्णय लिएर अग्नीपीडितहरुकालागि प्रदेश सरकारले घर बनाइदिनेछ ।’

उनले प्रदेश सरकार जनताको समस्याप्रति संवेदनसिल रहेको र उनीहरुको पीडा र समस्याप्रति सदैवसाथ रहने प्रतिबद्धता समेत जनाए । उक्त अवसरमा मधेस प्रदेश सरकारका वन तथा पर्यटनमन्त्री भरत प्रसाद साह, पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, मधेश प्रदेशसभा सदस्य मनिष सुमन, जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादव लगायतको उपस्थिति थियो ।

मंगलबार दिउँसो भिषण आगलागी हुँदा छिनभरमै चिम्टीका ६४ परिवारको १ सय १४ वटा घर भएको यादव, सदा र मुस्लिम समुदायको बस्ती नै सखाप भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस