जन्मकैदको सजाय पाएका मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन् । सभामुख रामचन्द्र मण्डलले सांसद शर्मालाई निलम्बन गरेको मधेस प्रदेश सभा सचिवालयले जनाएको छ ।

उनले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका थिए । महोत्तरी जिल्ला अदालतको २८ मंसिरको इजलासले असइ विकको हत्या प्रकरणमा शर्मासहित सातजनालाई जन्मकैद फैसला सुनाएको थियो ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मूनामा प्रतिदी समेत रहनु भएका प्रदेश सभा सदस्‍य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं‌ बमोजिमको कसूरमा सोही महलको १३(३) बमोजिम जन्मकैद ठहर भएको ले प्रदेश सभा कार्यसञ्चालन नियमालवली, २०७५ को नियम २१०को उपनियम (४) बमोजिम माननीय सभामुखज्यूले मिति २०८१।०१।१८ गते निज माननीय अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्‍यको पदबाट निलम्बन गर्ने निर्णय गर्नुभएको यो सूचना सम्बन्धित सबैमा जानकारीका लागि प्रकाशित गरिएको छ।’

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार