कोपनहेगनमा रन्जु यादवको एकल मिथिला चित्रकला प्रदर्शनी

काठमाडौं, ३० बैशाख । युरोप भ्रमणमा रहेकी प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना गरिएको छ ।
कोपनहेगनको मुटुमा रहेको रेस्टुरेन्ट नेपाली भान्छाको ग्यालेरीमा बैशाख २९ र ३० गते दुई दिवसीय चित्रकला प्रदर्शनी आयोजना गरिएको हो । डेनमार्कका लागि नेपाली राजदूत प्रा.डा.रामस्वार्थ रायले बैशाख २९ गते शनिबार एक कार्यक्रमका बीच प्रदर्शनीको उद्घाटन गरेका हुन् ।


नेपाली दुतावास डेनमार्क, एनआरएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको थियो । प्रदर्शनीमा चित्रकार यादवका ३२ वटा मिथिला चित्र राखिएका थिए । ती चित्रहरु नेपालको समाज र संस्कृति झल्किने खालका थिए ।
यसअघि चित्रकार यादवले कोपनहेगनमै नेपाली र भारतीय बालबालिकालाई शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएकी थिइन् । एनआरएनए डेनमार्कले आयोजना गरेको चित्रकला कार्यशालामा करिब पचास जना प्रशिक्षार्थी सहभागी थिए । आफ्ना बालबालिकालाई लिएर कार्यशालामा आएका अभिभावकहरुले पनि चित्रकार यादवसँग मिथिला चित्र कोर्न सिकेका थिए ।


नेपालको प्रतिष्ठित राष्ट्रिय ललितकला पुरस्कारबाट सम्मानित चित्रकार यादव ३३ दिवसीय युरोप कला यात्राको क्रममा अहिले डेनमार्कमा छिन् । डेनमार्कपछि उनी स्वीडेनको भ्रमणमा जाने बताइएको छ । त्यसपछि उनको गन्तव्य फिनल्याण्ड हुने छ । त्यहाँ एनआरएनए फिनल्याण्डको आयोजनामा चित्रकार यादवको अर्को अन्तर्राष्ट्रिय एकल चित्रकला प्रदर्शनी जेठ ६ गते सम्पन्न हुनेछ ।


यसअघि चित्रकार यादवको अन्तर्राष्ट्रिय एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्र्यान्कफर्ट सहरमा बैशाख ८ गते आयोजना गरिएको थियो । नेपाली समाज जर्मनीको आमन्त्रण र आयोजनामा चित्रकार यादवका मिथिला चित्रहरुलाई एक दिवसीय प्रदर्शनीमा राखिएको थियो । बैशाख ६ गते युरोप यात्रामा निस्किएकी चित्रकार यादव जेठ ८ गते नेपाल फर्किने उनको पारिवारिक श्रोतले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार