महादेवामा सर्जिकल र मेडिकल उपकरण खरिदमा अनियमितता

राजविराज, ११ जेठ । सप्तरीको महादेवा गाउँपालिकाका कर्मचारीले आफ्नो स्वार्थपूर्तिका लागि बजेट टुक्र्याएर साढे १९ लाख रुपैयाँको सर्जिकल तथा मेडिकल उपकरण खरिद गरेको पाइएको छ ।

एकै प्रकृतिको काम र शीर्षकमा बजेट टुक्र्याएर कोटेशनमा काम गर्न पाइँदैन । तर, सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ विपरीत गाउँपालिकाका केही कर्मचारीले आफनो स्वार्थपूर्तिका यस्तो कार्य निरन्तर रुपमा गरिरहेको स्रोतले दावी गरेको छ ।

गाउँपालिकामा चालु आर्थिकमा पनि बजेट टुक्र्याएर १९ लाख ५९ हजार ९ सय ५ रुपैयाँको सर्जिकल तथा मेडिकल उपकरण खरिद गरेको पाइएको हो । एकमुष्ट टेण्डर निकालेर गर्नुपर्ने कार्यलाई टुक्र्याएर कोटेशनमा गराएबापत सप्लायर्ससँग प्रमुख प्रशासकीय अधिकृत, लेखापालले मोटो रकम कमिशन बुझेको श्रोतले बताए ।

‘आर्थिक वर्ष ०८०–०८१ मा गाउँसभाबाट औषधि खरिद शिर्षकमा ३५ लाख स्वीकृत भएको थियो तर त्यतिबेलाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले पछि डटले त्यसमा औजार तथा उपकरण शब्द थप गरेर बजेट टुक्र्याएका थिए’ स्रोतले भन्यो, ‘सोही शब्द टेकेर प्रक्रिया छलि गरी कोटेशनमा पिरतिस ट्रेडर्स एण्ड सप्लायर्स तिरहुत गाउँपालिका–३ बाट ९ लाख ६७ हजार ९ सय ४६ रुपैयाँको सर्जिकल तथा मेडिकल उपकरण खरिद गरेको भनि भुक्तानी दिईयो ।’

त्यसपछि प्रिन्स ट्रेडर्स एण्ड सप्लायर्स तिरहुत गाउँपालिका–३ बाट पनि ९ लाख ९१ हजार ९ सय ५९ रुपैयाँको सर्जिकल उपकरण खरिद गरेको भनि भुक्तानी दिइएको छ । ‘गत कार्तिकमा ती सर्जिकल तथा मेडिकल उपकरणहरु थोरथार खरिद भएको थियो तर भुक्तानी दिएअनुसार उपकरणहरु भने खरिद भएको छैन्’ उनले भने, ‘मिलेमतोमा खरिद गरिएका ती सर्जिकल र मेडिकल उपकरणहरु कहाँ–कहाँ छन् र ती सप्लायर्सले कतिमा खरिद गरेर गाउँपालिकाबाट कति रकम भुक्तानी लिएका छन् ?, यी विषयहरु छानबिन हुनुपर्ने जरुरी छ ।’

मधेशलाइभलाई प्राप्त प्रतिलिपीअनुसार भुक्तानी दिइएको दुवै सप्लायर्सको बिलमा मिति समेत उल्लेख गरिएको छैन् ।

अख्तियारले सुरु गर्यो छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकामा बजेट टुक्र्याएर सर्जिकल तथा मेडिकल उपकरण खरिद गरिएको विषयमा छानबिन सुरु गरेको छ ।

कर्मचारी र सप्लायर्सको मिलेमतोमा प्रक्रिया मिचेर सर्जिकल तथा मेडिकल उपकरण गरेको, भुक्तानीअनुसारको सर्जिकल तथा मेडिकल उपकरण नरहेको तथा त्यसमा पनि सप्लासर्यले अत्यधिक नाफा लिएको भन्दै परेको उजुरीका आधारमा छानबिन भइरहेको जनाएको छ ।

‘ती विषयमा निवेदन दर्ता भएर थप प्रक्रिया अघि बढाइसकेका छौं’ अख्तियारका एक कर्मचारीले भने, ‘स्वीकृत बजेट, लागत स्टिमेट, प्रकृया, सम्झौता, खरिद आदेश, दाखिला रिपोर्ट, स्टकको अवस्था लगायत आवश्यक कागजातका लागि अब पत्राचार हुन्छ ।’

प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले त्यो विषयमा आवश्यक कुरा बुझ्ने बताएका छन् । ‘त्यो औषधि वा औजार खरिद गरिएको विषय म आउनुअघि नै हो, के कसो रैंछ म बुझेर भन्छु’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार