सशस्त्र प्रहरीले विधार्थीसँग गरे बाढी पुर्वअभ्यास तालिम

राजविराज–मनसुन आउने बेला नजकिँदै गएको छ । यहि बेलामा बाढी पनि आउने गर्छन् । सप्तरीमा बाढी प्रभावित दक्षिणवर्ती क्षेत्रहरुमा सशस्त्र प्रहरीले बाढीमा कसरी जोगिन सकिने भन्ने उद्देश्यले विधार्थीसँग बाढी पुर्व अभ्यास तालिम आयोजना गरेको छ ।

बाढी पुर्व अभ्यास तालिमले अपर्झट आउने बाढीको बेला जोगिने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीले विधार्थीलाई अभ्यास सहितको तालिम प्रदान गरेको हो । जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–१ स्थित पब्लिक माध्यमिक विधालय र हनुमाननगर कंकालिनी नगरपालिकाको डलुवा तथा हनुमाननगरका विधार्थीलाई पछिल्लो तीन दिनमा उक्त तालिम प्रदान गरिएको छ ।

कक्षा ९/१० मा अध्यनरत विद्यार्थीहरूलाई बाढीसहितका विपद्हरुबाट कसरी जोगिने र क्षति न्युनिकरण गर्ने विषयको सहजिकरण गणका सशस्त्र प्रहरी निरीक्षक हरि कृष्ण गिरीले गरेका थिए । तालिमकै क्रममा विधार्थीलाई खोला तथा पोखरीमा बाढीबाट बचाउ सम्बन्धि पुर्वअभ्यास(डेमो) समेत गरेका थिए ।

उक्त अवसरमा तिलाठीका वडाअध्यक्ष दिनेश्वर मिश्र, तिलाठी बिओपीका इनस्पेक्टर संजित यादवसहित सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीयको सहभागिता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस