भाजपालाई मिलेन एकल बहुमत, मोदीलाई प्रधानमन्त्री बन्न नायडु र नितिशको भर

नयाँ दिल्ली–सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) बहुमत प्राप्त गर्न असफल भएको छ ।

यसले गर्दा तेस्रो कार्यकाल प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्य दलको समेत समर्थन जरुरी देखिएको छ ।

लोकसभाको कूल ५ सय ३४ सिटमध्ये बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ । भारतीय निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार भाजपाले २ सय ४० मात्र सिट मात्र पाएको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने २ सय ९२ सिट पाएको छ, जुन स्पष्ट बहुमत हो ।

एनडीएमा आन्ध्रप्रदेशको चन्द्रबाबु नायडु नेतृत्वको तेलेगु देशम पार्टीले १६ र बिहारको नितिश कुमारको जनता दल युनाइटेडले १२ सिट जितेका छन् । मोदीलाई प्रधानमन्त्री बन्न नायडु र नितिशको भर छ ।

इन्डिया गठबन्धनका सुत्रधार जेडीयू अध्यक्ष तथा बिहारका मुख्यमन्त्री नीतीशकुमार गएको जनवरीदेखि भाजपा समर्थित गठबन्धनमा आएका हुन् । बिहारमा एनडीएसँग मिलेर सरकार बनाउने भनेपछि लोकसभा निर्वाचनमा पनि सोही गठबन्धनबाट चुनाव लडेका हुन् । जेडीयूले आफ्नो अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेर बिहारमा १२ सिट जितेको छ । भाजपालाई पनि १२ सिट नै मिलेको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडूको तेलगू देशम पार्टीले १६ सिट पाएको छ, जसले मोदीविरुद्ध विगतमा मोर्चा खडा गरेको थियो । अहिले भने एनडीए गठबन्धनमा उनी महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवस्थामा पुगेका छन् । सत्ता समीकरणमा अब चन्द्रबाबु नायडू र नीतीश कुमारले किंगमेकरको भूमिका निर्वाह गर्नेछन् ।

यता, विपक्षी कांग्रेसले ९९, समाजवादी पार्टीले ३७, तृणमुल कांग्रेसले २९ डीएमकेले २१ सिट पाएको छ भने बाँकी अन्य साना दल विजयी भएका छन् ।

सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनता मतदानमा सहभागी बनेका थिए । बीबीसी

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार