अरुलाई पनि ईमान्दार ठानेर भुल गरे : जनमत पार्टी संसदीय दलका नेता यादव

राजविराज–जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्रीमा सांसद सतिशकुमार सिंहलाई अघि सारेसँगै पार्टीभित्र असन्तुष्टि बढेको भन्दै चर्चा भइरहदा पार्टीका संसदीय दलका नेता महेशकुमार यादवले अरुलाई ईमान्दर ठानेर भुल गरेको प्रतिक्रिया जनाएका छन् ।

उनले बिहिवार सामाजिक सञ्जालमा स्टाटस् सो प्रतिक्रिया जनाएका हुन् । ‘ईमान्दार मान्छेले जीवनमा एउटै भुल गर्छ उसले, अरुलाई पनि आफु जस्तै ईमान्दार सम्झिन्छ !’ उनले स्टाटस् लेखेका छन् ।

केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेश सभामा पार्टीले मुख्यमन्त्री पाउने भएपछि पार्टीले बिहिवारै मुख्यमन्त्रीमा सिंहलाई पठाउने निर्णय गरेको छ । निर्णयपछि संसदीय दलका नेता यादवलाई बाइपास गरेर एकलौटी ढंगले पार्टीका अध्यक्ष डा.सिके राउतले सिंहलाई मुख्यमन्त्री बनाउन लागिएको पार्टीका एक नेताले बताए ।

यद्यपी,  पार्टीले सबै पक्ष हेरेर सिंहको नाममा सहमति जुटाएको प्रवक्ता शरदसिंह यादव बताए । मुख्यमन्त्रीमा अघि सारिएका सांसद सिंह सप्तरी क्षेत्र नं.२ (क) निर्वाचित भएका छन् भने संसदीय दलका नेता यादव सप्तरी क्षेत्र नं.(ख) बाट निर्वाचित भएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780