विपद्को जोखिम न्यूनिकरण गर्न तालिम र परिस्थिति अनुसारका अभ्यास (फोटोफिचर) 

राजविराज–वर्षायाम सुरू भएसँगै सप्तरीमा विपद्को जोखिम न्यूनिकरण गर्न तथा विपद्मा परेकालाई उद्धार गर्नका लागि तालिम दिइएको छ ।

सबल नेपालले अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सहयोग तथा नेपाली सेना वरख गणसँगको सहकार्यमा समूदायमा आधारित बाढी पूर्व सूचना प्रणाली अन्तर्गत सो तालिम दिइएको हो ।

तीन दिनसम्म (जेठ २३, २४ र २५) चलेको तालिममा विपद्को जोखिम न्यूनिकरण गर्न तथा विपद्मा परेकालाई उद्धार गर्नका लागि वरख गण र बाढी प्रभावित क्षेत्र जिल्लाको तिलाडी कोइलाडाी गाउँपालिका–३ सकरपुरास्थित पोखरीमा कृत्रिम अभ्यास समेत गरेर तालिम दिइएको छ ।

बाढीको उच्च जोखिममा रहेका राजविराज नगरपालिका तथा रुपनी, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, विपद् व्यवस्थापन अधिकृतकासाथै सरोकारवाला समेतलाई सहभागीता गराइएको उक्त तालिमले केही हदसम्म विपद् न्यूनिकरणमा मद्दत पुग्ने सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले बताए ।

‘तालिममा नेपाली सेनाका दक्ष जनशक्तिले विपद् पूर्व तयारी तथा प्रतिकार्यबारे जानकारी गराएका हुन् भने उद्धारको लागि स्थानीय स्रोतका साथै प्रविधि समेतको प्रयोग गरी फरक फरक स्थानमा पुगेर कृत्रिम अभ्यासहरु गरिएको छ’ उनले भने, ‘बाढीमा परेकाको खोज र उद्धार, घाइतेको उपचार, सुरक्षित स्थानमा पुर्याउने र प्रतिकार्य लगायतका कार्य सम्बन्धी काल्पनिक परिस्थिति अनुसारका अभ्यासहरु पनि गरिएको छ ।’

वर्षेनी मनसुनसँगै निरन्तरको वर्षाले नदी तथा खोलाहरुमा आएको बाढीले यस क्षेत्रका हजारौं घर डुबान हुँदै आएको छ भने बाढीको चपेटामा परेर मानवीय क्षतिसम्म हुँदै आएको छ ।

तस्बिरःमधेशलाइभ

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780