सप्तरी प्रिमियर लिगको प्ले–अफ समीकरण पुरा, तिलाठी कोइलाडी प्ले–अफ पुग्ने चौंथो टिम

राजविराज–सप्तरीमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत लिग चरणको सबै खेलहरु सकिएसँगै प्ले–अफ समीकरण पनि पुरा भएको छ ।

पाँच खेलपछि ८ अंकसहित छिन्नमस्ता पहिलो, ७ अंकसहित तिरहुत टाइगर्स दोस्रो, समान ७ अंक भएता पनि नेट रन रेट कन्चनरुप राइनोज तेश्रो र ६ अंकसहित सनराईज तिलाठी कोइलाडी चौंथो स्थानमा रहेर प्ले–अफ प्रवेश गर्न सफल रहे ।

प्रतियोगिताको पहिलो क्वालीफायर शनिवार छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीच हुनेछ जुन खेलको विजेता फाइनल प्रवेश गर्नेछ । त्यस्तै, शनिवारै इलिमीनेटरमा कन्चनरुप राइनोज र सनराईज तिलाठी कोइलाडी प्रतिस्पर्धा गर्नेछन् । इलिमीनेटरको विजेता टिमले पहिलो क्वालीफायरमा पराजित हुने टिमसंग दोश्रो क्वालीफायरमा प्रतिस्पर्धा गर्नेछ, जुन खेलको विजेता टिम फाइनल प्रवेश गर्नेछ । दोश्रो क्वालीफायर आइतबार तथा फाइनल खेल सोमबार खेलिनेछ ।

पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न शुक्रवारको पहिलो खेलमा तिरहुत टाइगर्सले बलान बिहुल सुपर किंग्सलाई ९० रनले पराजित गरेको छ । तिरहुटले दिएको १८५ रनको लक्ष्य पछ्याएको बलान बिहुलले १४.५ ओभरमा ९४ रनमा सबै विकेट गुमायो ।

बलान बिहुलको लागि साहब आलमले सर्वाधिक ३९ रन, पप्पु यादव र सौरभ झाले समान १४ रन योगदान दिए। तिरहुटको बलिंगमा अनिल यादव र अभिषेक कार्कीले समान ३ विकेट लिए । अनिलले ३ ओभरमा १० रन तथा अभिषेकले ३ ओभरमा मात्र ५ रन खर्चिए । रुपेश सिंहले २ तथा दिपेश कंडेल र बसिर अहमदले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग गरेको तिरहुत टाइगर्सले निर्धारित १५ ओभरमा ३ विकेट गुमाएर १८४ रन बनायो । टाइगर्सको लागि बसिर अहमदले आक्रामक अर्धशतकीय पारि खेले ।

राष्ट्रिय क्रिकेटर समेत रहेका उनले ३२ बलमा ४ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, अमित यादवले मात्र १८ बलमा ४८ रन बनाए जुन क्रममा ४ चौका र ५ छक्का प्रहार गरे । रुपेश सिंहले १५ बलमा ५ चौका र १ छक्का मद्दतले अविजित ३० रन तथा शंकर रानाले १७ बलमा ३ चौका मद्दतले १८ रन बनाए ।
बलिंगतर्फ बलान बिहुलका बब्बु गोठीयाले २ तथा शाहब आलमले १ विकेट लिए । शुक्रवारको दोश्रो खेलमा राजविराज राजदेवि एघारले सनराईज तिलाठी कोइलाडीलाई ७ विकेटले पराजित गर्यो । प्ले–अफ चरण पुग्न जित्ने पर्ने खेलमा राजबिराज राजदेवी एघारले दिएको १९० रनको लक्ष्य तिलाठी कोइलाडीले १६.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

तिलाठी कोइलाडीको लागि बिनोद भण्डारीले सर्वाधिक ६९ रन योगदान दिए। प्लेयर अफ द म्याच समेत घोषित भण्डारीले ४४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै रोबिन सिंहले ३४, बिशाल सुश्लिंगले २९, नारायण जोशीले अविजित २३ तथा तृत राज दासले १९ रन योगदान दिए। राजविराज राजदेवीको बलिंगमा श्रवन यादव र राजनीत कुमारले १/१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज राजदेवी एघारले २० ओभरमा ६ विकेट गुमाएर १८९ रन बनायो ।

राजविराजको लागि हिमांशु दत्ता र श्रवन यादवले अर्धशतकीय योगदान दिए । हिमांशुले ४६ बलमा ३ चौका र ५ छक्का तथा श्रवनले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। दिलिप नाथले ३२ तथा मुकेश यादवले १५ रन बनाए । बलिंगतर्फ सनराईज तिलाठी कोइलाडीका बिशाल सुश्लिंगले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए । नारायण जोशीले २ तथा धिरिज कुमार मण्डलले १ विकेट लिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार