जसपा नेपाल विभाजन भएको छैन : अध्यक्ष यादव

जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पार्टी विभाजन नभएको जिकिर गरेका छन् ।

शनिबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन नभएको जिकिर गरेका हुन् ।

अध्यक्ष यादवले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरुलाई चोइट्याइए पनि पार्टी यथावत रहेको बताए । उनले केही नेताहरुलाई राज्यले मोहरा बनाएर चोइट्याउनुलाई विभाजन भन्न नमिल्ने तर्क गरे ।

उनले कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरु चोइटिएका बताए । अध्यक्ष यादवले निर्वाचन आयोगलाई समेत घोक्र्याएर जनता समाजवादी पार्टी एकै दिनमा दर्ता गरिएको बताए ।

अध्यक्ष यादवले आगमी दिनमा संघीयता तथा समावेशीता पक्षधरहरुसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस