तिरहुत टाइगर्स सप्तरी प्रिमियर लिगको फाइनलमा 

राजविराज–तिरहुत टाइगर्स सप्तरीमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा पुगेको छ । शनिवार सम्पन्न पहिलो क्वालीफायरमा छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्दै तिरहुत टाइगर्सले फाइनलमा स्थान पक्का गरेको हो ।

पराजित छिन्नमस्ता भने अब पनि फाइनलमा प्रवेश पाउनका लागि दोश्रो मौका पाउनेछ । आइतबार दोश्रो क्वालीफायरमा छिन्नमस्ता र कञ्चनरुप राइनोज बीच प्रतिस्पर्धा हुनेछ । शनिवार सम्पन्न इलिमीनेटरमा कञ्चनरुपले सनराइज तिलाठी कोइलाडीलाई पराजित गरेको छ । पराजित हुँदै तिलाठी कोइलाडी प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो क्वालीफायर अन्तर्गत पब्लिक विन्देश्वरी मैदानमा तिरहुत टाइगर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको छिन्नमस्ताले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६३ रनमै समेटिए । यसअघि टस जितेर ब्याटिंग गरेको तिरहुत टाइगर्सले २० ओभरमा १६७ रनमा सबै विकेट गुमाए ।

तिरहुतको लागि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका बसिर अहमदले सर्वाधिक ७४ रन योगदान दिए । बलिंगतर्फ छिन्नमस्ता लायन्सका फिर्दोश अन्सारीले सर्वाधिक ३ विकेट लिए ।

शनिवारै सम्पन्न इलिमेनेटरमा सनराइज एघार तिलाठी कोइलाडीले दिएको १२५ रनको लक्ष्य कञ्चनरुप राइनोजले १५.१ ओभरमा ७ विकेट गुमाएर प्राप्त गरे । कञ्चनरुपको लागि ओपनर सुभ कंसकारले सर्वाधिक ७१ रन बनाएर प्लेयर अफ द म्याच घोषित भए ।

बलिंगतर्फ तिलाठी कोइलाडीका दिपेश सरदारले ३, नारायण जोशीले २ तथा तृत राजदास र बिशाल सुश्लिंगले १/१ विकेट लिए । यसअघि टस हारेर ब्याटिंग गरेको सनराइज एघार तिलाठी कोइलाडीले १५.२ ओभरमा सबै विकेट गुमाएर १२४ रन बनाएको थियो ।

तिलाठी कोइलाडीको लागि तृत राज दासले सर्वाधिक ५१ रनको योगदान दिए । बलिंगतर्फ कञ्चनरुप राइनोजका दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिए ।

Author:



क्याटोगरी छान्‍नुहोस