प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो डाँका आरोपी

जनकपुरधाम, ३१ असार–महोत्तरीको सोनमा गाउँपालिका–५ खैरवनीबाट आइतवार राति चोरी डाँकालगायतका अपराधमा संलग्न रहेका एक आरोपीलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४० वर्षीय बीजेन्द्र पासवन रहेका छन् । पटक-पटक चोरी डाँका गरेर फरार रहेका पासवानलाई खोजतलासको क्रममा राति साढे १० बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतुलालप्रसाद जयसवारले बताए ।

उनका अनुसार पासवानलाई पक्राउ गर्न खोज्दा भाग्न थालेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको छ । गोली लागेर घाइते भएका पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

पासवान लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र सिन्धुलीलगायत सीमा पारी भारतमा पनि पटक–पटक डाँकामा संलग्न भएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार