सप्तकोशी नदिले बगाएर एक बेपत्ता

राजविराज, ३१ असार–सप्तकोशी नदिले बगाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–३ की १८ वर्षिया मनिषा नेपाली बेपत्ता भएकी छिन ।

आइतबार बेलुका बराहक्षेत्र– ६ को बोराबाधमा साथीहरूसँग घुम्न गएकी उनी सप्तकोशीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले बताए ।

सप्तकोशी किनारमा घुम्न गएकी मनिषाको सप्तकोशीको किनारमा हात मुख धुने क्रममा नदिले बगाएर बेपत्ता भएको डिएसपी भण्डारीले जानकारी दिए ।

वेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले खोजी कार्य जारी राखेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार