निजी पोखरीमा सरकारी बजेट दुरुपयोग, फस्ने भएपछि ब्याजसहित रकम फिर्ता

राजविराज, ८ साउन–सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले आफ्नो नीजि पोखरीमा सरकारी बजेट दुरुपयोग गरेर घाट निर्माण गराएको पाइएको छ ।

उक्त विषयमा उजुरी परेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न थालेपछि फस्ने डरले मेयर मलाहले घाटमा लागेको खर्च नगरपालिकाको राजस्व खातामा जम्मा गरेपछि सो विषय बाहिरिएको हो ।

नगरपालिका–८ प्रवाहा टोलस्थित रमन पोखरीमा घाट निर्माण गरिएको थियो । त्यसका लागि आर्थिक वर्ष ०७९÷८० को ५ लाखको बजेट विनियोजन गरिएको थियो । बजेटमध्ये ४ लाख ८४ हजार ७३० रुपैयाँमा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।

त्यस क्रममा मेयर मलाहले उक्त जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा समेत गरेका थिए । तर, मन्जुरनामा गरिएको उक्त हाल पनि बैंकमा धितोमा रहेको पाइएको छ । अख्तियार छानबिन गर्न थालेपछि फस्ने डरले मेयर मलाहले घाट निर्माणमा लगानी भएको ४ लाख ८४ हजार ७३० रुपैयाँको ब्याजसहित ५ लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरेका हुन् ।

यद्यपी, मेयर मलाहले अख्तियारको छानबिनले भन्दा पनि उक्त जग्गा नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा पोखरीमा घाट निर्माणमा लागेको खर्च फिर्ता गरेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार