कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं– कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०:४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले बताएकी छन् ।

मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

मेयर नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परिसरमा राखिने छ । नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ। उनको आजै अन्त्येष्‍टि गरिने छ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार