कर्मचारीलाई दुर्व्यवहार गर्दै अपहरण गर्ने धम्की

राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकाका वडाध्यक्षसहितकाले शुक्रवार आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) लाई दुर्व्यवहार गर्दै अपहरण गर्ने धम्की दिएका छन् । वडा नम्वर ५ का वडाध्यक्ष जयप्रकाश ठाकुर र डोर हाजिरका कर्मचारी रामरुप शर्माले आर्थिक प्रशासन शाखा प्रमुख सञ्जय मेहतालाई दुर्व्यवहार गर्दै अपहरण गर्ने धम्की दिएका हुन् ।

भुक्तानीको विषयमा विवाद हुँदा काम कार्यकक्षमा काम गरिरहेका लेखापाल मेहतालाई दुर्व्यवहार गर्दै अपहरण गर्ने धम्की दिएको भनि विज्ञप्ति जारी गर्दै दोषिलाई कारबाही नभएसम्म कार्यालयमा काम गर्न नसकिने जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द, जनस्वास्थ्य निरिक्षकहरु पंकजकुमार यादव, जिन्सी शाखाका जितेन्द्र झा, सिअहेवद्वय बालकुमार यादव, ल्याब टेक्निसियन राजेश यादव, लेखापाल संजय मेहता, सूचना प्रविधि अधिकृत दिपक मेहता, नायब सुब्बा अरुण यादव लगायतका कर्मचारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटनाप्रति गम्भिर आपत्ति जनाइएको छ ।

‘वडाध्यक्ष ठाकुर र डोर हाजिरीमा कार्यरत कर्मचारी शर्मा समेतले भुक्तानीको विषयमा विवाद गरी दुर्व्यवहार, गालीगलौज लगायत अपहरण गर्ने जस्ता डर त्रास धम्की देखाएको हुँदा कार्यालयमा बसी कामकाज गर्न असुरक्षित महसुस गर्नुका साथै कामकाम गर्न नसकिने वातावरण सिर्जना भएकोले यस किसिमको अमानवीय घटनामा संलग्न जो कोहीउपर तत्काल कडाभन्दा कडा कारबाही गर्नुको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीहरुलाई यथाशिघ्र कडा कारवाही नभएमा कार्यालयमा काम गर्न नसकिने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरेका छौं’, उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार