हर्दिया टोलमा विवादै–विवादका बिच सडक ढलान

रामशंकर भण्डारी
राजविराज, १५ साउन–सप्तरीको रुपनी गाउँपालिका–३ हर्दिया टोलमा विवादको वीच सडक ढलान गरिएको छ । अधुरो सडक ढलानबाट कार्य नगरेपछि स्थानीय बिच विवाद उत्पन्न भएको हो ।

आर्थिक बर्ष २०८०/०८१ को गाउँपालिका स्तरीय योजना अन्तर्गत प्रदिप मुखियाको घरदेखि बलराम यादवको घरसम्म सडक ढलान योजनामा प्रदिप मुखियाको अगाडि छोडेर सडक ढलान कार्य गर्न थालेपछि विवाद उत्पन्न भएको स्थानीयले बताए ।

विचै भागमा छोडेर सडक ढलान कार्य शुरु गरेपछि बुझ्नजाँदा गाउँपालिकाको ५ लाखको योजनामा सडक निर्माण भएको त्यही टाँसिएको ब्यानरबाट थाहा भएको स्थानीय राज कुमार मुखियाले बताए ।

योजना स्थलमा टाँगिएको व्यानरमा योजनाको नाम प्रदिप मुखियाको घरदेखि बलराम यादवको घरसम्म सडक ढलान, निर्माण कम्पनीको नाम श्री आरपी कन्स्ट्रक्सन छिन्नमस्ता ७, योजनाको कुल लागत ४ लाख ९९ हजार ९ सय ६० स्वीकृत बजेट ५ लाख र सम्झौता मिति २०८१ /०२/०६ गते र काम सम्पन्न मिति २०८१ मात्र उल्लेख गरी खाली छोडिएको पाइएको उनले जानकारी दिए ।

‘आर्थिक बर्ष सकिएपछि काम गर्न थालिएको छ, त्यसमा पनि व्यानरमा उल्लेख भएको अनुसारको ठाउँबाट काम भएको छैन’ मुखियाले भने, ‘मध्य भागमै अधुरो छोडेर ढलान गरिएको छ, असार २४ गते नै योजना अन्तिम भुक्तानी लिईसक्नुपर्ने अहिले कसले उक्साएर कसरी भुक्तानी लिने हिसावले काम गरेको हो, हामी बुझ्न चाहन्छौं ।’

व्यानरमा उल्लेख गरिए अनुसार काम नभएपछि आफैमा झडपको अवस्था आएकाले गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवलाई पटकपटक समस्या समाधानका लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए । ‘वडा अध्यक्ष अमर मुखियाको प्रयास विफल भएपछि गाउँपालिका अध्यक्ष ज्युलाई धेरै परक बोलाउंँदा आएनन्’ राज कुमारले भने, ‘गाउँपालिका अध्यक्षले नै विवाद सिर्जना गराएकोले आउन नमानेको स्पष्ट बुझ्न सकिन्छ ।’

स्थानीय खुसलाल मुखियाले गाउँपालिका अध्यक्ष यादवको भोटर नभएकोले प्रतिशोधको भावनाले उनकै निर्देशनमा विचैमा बाटो अधुरो छाडिएको आरोप लगाए । ‘गतबर्ष गाउँपालिकाको ५ लाख र वडा कार्यालयको ५ लाखको लागतमा कमलमियाँ हटियादेखि प्रदिप मुखियाको घरसम्म बाटो ढलान भयो’ मुखियाले भने,‘यसपालि गाउँपालिका स्तरीय बजेट विनियोजन गरी प्रदिप आफ्नो जात नभएकोले उसको अगाडि छोडेर सुर्यनारायण यादवको घारदेखि बलराम यादवको घरसम्मको सडक ढलान गरियो ।’

स्थानीय खुशी राम यादवले उक्त सडक ढलान कार्य हामी चार भाइले चन्दा उठाएर बाटो निर्माण गरिरहेको बताउदै बिगतमा पनि यस ढलान कार्य बापत गाउँपालिकाबाट कुनै किसिमको भुक्तानी नलिने उनले बताए ।

रुपनी गाउँपालिका वडा – ३ का वडाअध्यक्ष अमर मुखियाले गाउँपालिका स्तरीय कुनैपनि योजना आफ्नो वडामा संचालन गरिएको बारे आफुलाई थाहा नरहेको बताए । उनले पालिका स्तरीय योजनाबारे आफुसँग कसैले समन्वय नगरेको बताउंँदै सडक ढलान बारे बुझ्दा व्यक्तिगत लगानीमा गरिरहेको भनेपछि आफूले उनीहरुलाई केही जवाफ दिन नसकेको प्रतिक्रिया दिए ।

गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले वर्तमानको सडक ढलान बिबादबारे सम्बन्धित वडा र गाउँपालिकालाई कुनै जानकारी नरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार