महासंघलाई प्रेस मञ्चको प्रश्न–पत्रकारमाथि दुर्व्यवहार भएको घटनामा के पहल भयो ?

राजविराज–प्रेस मञ्च नेपाल, सप्तरीले पत्रकारहरुमाथि भएको दुर्व्यवहार घटनाको दुई साता वितिसक्दा पनि नेपाल पत्रकार महासंघ, सप्तरीले जाहेरी दर्ता गराउनेतर्फ मौन देखिएको भन्दै अध्यक्ष श्रवणकुमार देवलाई ज्ञापन–पत्र बुझाएको छ ।

बुधवार प्रेस मञ्च नेपाल, सप्तरीका अध्यक्ष भूषणकुमार सिंहले पत्रकारहरुमाथि दुर्व्यवहार भएको घटनामा के पहल भएको ? प्रश्न गर्दै महासंघ शाखा सप्तरीका अध्यक्ष देवलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

‘उपरोक्त सम्बन्धमा २०८१ श्रावण २२ गते जिल्लाको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल नेतृत्वमा पत्रकारहरुसँग भएको दुव्र्यवहारको घटनाबारे तपाईलाई अवगत्तै छ । यस प्रकरणमा तपाईकै अगुवाईमा पीडित पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी समेत दिए पनि हालसम्म उक्त जाहेरी दर्ता हुन नसकेको तथ्यबाट पनि तपाई अनभिज्ञ हुनुहुन्न ।’ ज्ञापन–पत्रमा भनिएको छ, ‘सञ्चारकर्मको क्रममा पत्रकारहरुको सञ्चार उपकरण खोस्ने, अभद्र व्यवहार गर्ने लगायतका कार्यलाई प्रेस मञ्च नेपालले गम्भीरतापूर्वक लिए पनि हालसम्म पत्रकार महासंघकै अगुवाईमा यस मुद्दालाई कानूनी निष्कर्षमा पु¥याउने विश्वासका साथ अघि बढिरहेको व्यहोरा सर्वविदितै छ ।’

विज्ञप्तिमा दुई साता वितिसक्दा सप्तरी प्रहरीले पनि जाहेरी दर्ता नगरेकोले पीडित पत्रकारहरुलाई न्याय, पत्रकारको आत्मसम्मानको रक्षा र प्रेस स्वतन्त्रताका निम्ति प्रेस मञ्च नेपाल चरणबद्ध दवाबमूलक कार्यक्रम अघि बढाउन अग्रसर भएको उल्लेख गरिएको छ ।

‘तसर्थ, यस प्रकरणमा हालसम्म महासंघबाट के कस्ता पहल भएको ?, जाहेरी दर्ता गराउने सन्दर्भमा महासंघको आधिकारिक धारणा लिखित रुपमा जानकारी गराउन हार्दिक अनुरोधकासाथ यो ज्ञापन–पत्र पेस गरेका छौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘यही २०८१ साल भदौ ०६ गते बेलुका ०४ बजेसम्म यस प्रकरणमा पत्रकार महासंघको लिखित धारणा प्रस्तुत गरिदिनु हुन सादर अनुरोध छ । अन्यथा, पत्रकार महासंघको शाखा कार्यालयमा तालाबन्दी गरी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने जानकारी यसै ज्ञापन–पत्रमार्फत गराउँदछौं । यसबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवारी पत्रकार महासंघ शाखाकै हुनेछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780