नापीमा घुस लेनदेन विवाद : भिडिओ रेकर्ड गर्नेमाथि नै मुद्दा

राजविराज, १९ भदौ–नापी कार्यालय सप्तरीमा घुस लेनदेन विषयमा विवाद भइरहदा भिडिओ रेकर्ड गर्नेमाथि नै मुद्दा चलाउने तयारी गरिएको छ ।

मंगलबार नापी कार्यालय सप्तरी अन्तर्गतका राजविराज वडा नम्वर ७ स्थित सञ्चालित २ नम्वर नापी टोलीमा कार्यरत अमिन राम राउत र सेवाग्राहीहरुबिच विवाद भइरहदा जिल्लाको रुपनी गाउँपालिका बस्ने प्रमोदकुमार साह ‘राणा’ले भिडिओ रेकर्ड गरेका थिए ।

उक्त भिडिओ सञ्चारमाध्यममा पनि प्रशारण भएको थियो । भिडिओ रेकर्ड गरेको निहुँमा नापी कार्यालयले साहमाथि मुद्दा चलाउन पत्राचार गरेको हो ।

पत्रअनुसार साहलाई बुधवार रुपनीबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । नापीबाट आएको पत्रअनुसार केही सरकारी कागजात च्यातेकोले पक्राउ गरिएको साहमाथि आपराधिक उपद्रव मुद्दामा म्याद थप गर्न लागेको उनले बताए ।

यो पनिः

नापी कार्यालय सप्तरीमा घूसखोरी ! (भिडिओ)

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार