थुनामा पुगे नक्कली चुरोट बिक्री गर्ने राजविराजका व्यवसायी राघवेन्द्र (फलोअप)

राजविराज, १ कार्तिक–सप्तरीको राजविराज बजारमा आन्तरिक राजस्व विभागको ‘स्टिकर’ सहितका नक्कली चुरोट बिक्री गर्ने राघवेन्द्र साहु तेली थुनामा पुगेका छन् ।

उपभोक्ताले दिएको उजुरीका आधारमा गत बुधवार (असोज २३) आन्तरिक राजस्व कार्यालय लहान करदाता सेवा कार्यालय राजविराजका टोलीले तेलीको गोपाल एण्ड बजरंग ट्रेडर्समा छड्के गरेका थिए ।

सो ट्रेडर्सबाट ६० प्याकेटभन्दा बढी आन्तरिक राजस्व विभागको ‘स्टिकर’ सहितका खुकुरी ब्राण्डको नक्कली चुरोट बरामद भएको थियो । सो विषयमा अनुसन्धान भइरहेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत भिमप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानकै क्रममा बिहिवार व्यवसायी तेलीसँग वयान लिइएको छ । ‘आज हामीले बयानका लागि बोलाएका थियौं तर वयान सकिएको छैन’ उनले भने, ‘अहिले उहाँलाई थुनामा पठाएका छौं, अब कसूर प्रमाणित भएअनुसार कानूनी कारबाही हुनेछ ।’

यसअघि छड्केकै क्रममा चुरोटको प्याकेटमा लागेको नक्कली ‘स्टिकर’ लाई आन्तरिक राजस्व विभागको मोबाइल एपबाट स्क्यान गर्दा पनि विवरण नदेखिएको करदाता सेवा कार्यालय राजविराजका नासु दिल्लीरमण भण्डारीले बताएका थिए ।

‘सक्कली स्टिकरमा आन्तरिक राजस्व विभागको मोबाइल एपबाट स्क्यान गर्दा सबै विवरणहरु देखिन्छ तर बरामद भएका नक्कली चुरोटमा लागेको स्टिकर स्क्यान गर्दा कुनै विवरण देखिदैन’ उनले भने, ‘र, उक्त चुरोटको बिल–विजक पनि व्यवसायीसँग छैन् ।’

गोपाल एण्ड बजरंग ट्रेडर्स अन्तः शुल्कमा पनि दर्ता नरहेको पाइएकोपछि अन्य ब्राण्डका चुरोट पनि बरामद गरिएको थियो ।

यो पनिः

राजविराजमा आन्तरिक राजस्व विभागको ‘स्टिकर’ सहितका नक्कली चुरोट खुलेआम बिक्री

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780