राजविराज महोत्सव–२०८१ को तयारी पूरा, ३० हजारबढी सहभागी हुने अनुमान

राजविराज–सप्तरीको राजविराजस्थित रंगशाला मैदानमा भोलि (बिहिवार)देखि हुने राजविराज महोत्सव–२०८१ को सबै तयारी पूरा भएको छ ।

आयोजक ड्रिम नेपाल युवा संघले आज पत्रकार सम्मेलन आयोजना गर्दै महोसत्वमा ३० हजारभन्दा सहभागी हुने जनाएको छ । राजविराज नगरपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको उक्त महोत्सव कात्तिक २५ गतेसम्म चल्ने महोत्सव मुल समारोह समितिका संयोजक चितरञ्जन यादवले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनकाअनुसार भोली दिउँसो १ बजे महोत्सवको उद्घाटन हुनेछ ।

महोत्सवमा ४० वटा स्टल, मिथिला पेन्टिङस, कृषि उपकरण, कृषि समाग्री रहने ड्रिम नेपालका सचिव मुस्तकिम आलमले बताए । उनले महोत्सवमा स्थानीय उत्पादनको लागि १० वटा स्टल निःशुल्क व्यवस्था गरिएको बताए ।

स्थानीय प्रशासनले दिएको अनुमति अनुसार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म महोत्सवमा लाग्ने आयोजक संस्थाका अध्यक्ष कमलकिशोर साहले जानकारी दिए । महोत्सवमा विभिन्न किसिमका स्थानीय सँस्कृति झल्किने कार्यक्रमहरू पनि आयोजन हुने उनले बताए ।

महोसत्वमा प्रवेश शुल्क ५० रूपैयाँ लाग्नेछ भने ५ वर्षसम्मका बालबालिका र जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ । त्यस्तै, टिकटमा स्थानीय खेलाडीलाई ५० प्रतिशत र विद्यार्थीलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जनाएको छ ।

६० जना स्वयंसेवक परिचालन गरिने उक्त महोत्सवमा निगरानीका लागि फिल्डमा ५० वटा सिसि क्यामेरा जडान गरिएको छ । उक्त महोत्सवमा ६० लाख रूपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780