कोशी प्रदेश सभाले सार्वजनिक गर्‍यो लिलाबल्लभ अधिकारी पक्राउ परेको सूचना

विराटनगर–कोशी प्रदेश सभाले सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको सूचना सार्वजनिक गरेको छ ।

पूर्वमन्त्रीसमेत रहेका अधिकारीलाई आइतबार प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । मानव तस्करी अभियोगमा मुछिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सभामुख अम्बरबहादुर विष्टको निर्देशानुसार सांसद अधिकारी पक्राउ परेको सूचना सार्वजनिक गरेको प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस