राजविराजमा बजाज बाइकको साटा–साट योजना : एक्सचेन्जदेखि नागरिकताकै भरमा नयाँ बाइकसम्म

राजविराज, २ माघ–सप्तरीको राजविराजका लागि बजाज मोटरसाइकलको अधिकृत बिक्रेता ‘खान अटोमोवाइल्स् एण्ड इलेक्ट्रोनिक्स प्रालि’ले मोटरसाइकल साटा–साटको आकर्षक योजना सुरु गरेको छ ।

बुधवारदेखि मंगलबारसम्म चल्ने उक्त योजना तहत मोटरसाइकल साटा–साट तथा बिक्री गर्न राजविराजस्थित राजरंगशालामा ‘स्टल’ राखिएको छ ।

उक्त अवधिमा जुनसुकै ब्रान्ड र अवस्थामा रहेका पुराना मोटरसाइकल एक्सचेन्ज गर्न सकिन्छ भने मोटरसाइकलको प्रचलित बजार मुल्यांकनभन्दा १० हजार रुपैयाँ थप दिने गरेको अटोमोवाइल्सका सञ्चालक कलिम खानले जानकारी दिए ।

त्यस्तै, सो अवधिमा इएमआईमार्फत नयाँ मोटरसाइकल लिने ग्राहकका लागि विशेष सुविधा ल्याइएको छ ।

‘जसअनुसार ४० प्रतिशत डाउन पेमेन्ट गर्दा नागरिकताकै भरमा नयाँ मोटरसाइकल उपलब्ध गराइने छ’ सञ्चालक खानले भने, ‘उक्त योजनाले बाइकको आवश्यकता रहदा पनि एकै पटक सबै पैसा फछ्र्यौट गरेर खरिद गर्न नसकेका स–साना व्यवसायीहरुलाई सहज हुने हामीले विश्वास लिएका छौं ।’

उनका अनुसार योजना अवधिमा मोटरसाइकल खरिद गर्नेलाई अन्य लेग गार्ड, हेलमेट, सिट्कभर, ब्याग समेत उपलब्ध गराइनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780