राजविराज, ३ फाल्गुन–सप्तरीमा १८ वटै स्थानीय तहमध्ये बलान बिहुल गाउँपालिका उत्कृष्ट ठहरिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा बलान बिहुल गाउँपालिकाले अन्य १७ वटा स्थानीय तहलाई उछिनेको हो ।
बलान बिहुलले ५५.९ प्रतिशत अंक प्राप्त गरी जिल्लामा पहिलो हुँदा कार्यसम्पादन मूल्यांकनमा बोदे बरसाईन नगरपालिका दोस्रो स्थानमा रहेको छ । बोदे बरसाईनले ५१.८ प्रतिशत अंक प्राप्त गरेको छ ।
त्यस्तै, जिल्लामा डाक्नेश्वरी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ । कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको तिलाठी कोइलाडी गाउँपालिकाले २९.० प्रतिशत र डाक्नेश्वरी नगरपालिकाले २९.८ प्रतिशत अंक प्राप्त गरेको छ ।
आयोगले विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व संकलनको लक्ष्य र प्रगति, लेखापरीक्षण, बेरुजुलगायत विभिन्न सूचकका आधारमा १०० पूर्णाङ्कमा हरेक वर्ष प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गर्ने गर्छ ।
अन्यको अवस्था कस्तो ?