प्रभुको प्रधानमन्त्रीसँग प्रश्न–७५ हजारमा घर बन्छ, बन्दैन भन्ने गरिबसँग मजाक किन ? (भिडिओ)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएका छैनन् । ओली र शाहबीच प्रतिनिधि सभामै नोकझोक परेको छ ।

प्रभुले आवासविहिनहरुलाई सुरक्षित घर बनाउन जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै पनि आवासविहिन गरिब दलितहरुसँग किन तपाई मजाक गर्नुभो ? भन्ने लगायतका प्रश्न गरेका थिए ।

त्यस्तै, प्रधानमन्त्रीलाई साहले जनताहरू दिनहुँ विदेश जाँदा यहाँलाई रमाइलो लागेको छ भनेर प्रश्न गरेका थिए । यसको जवाफमा ओलीले आफू म्यानपावरको मान्छे नभएको बताए ।

ओलीले भने,‘मान्यज्यूको भनाइ आपत्तिजनक छ । म म्यानपावरको मान्छे हो ? र यस्तो कुरा गर्नुभएको ?’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780