एलिना तिम्लाई खबर नगरी केही लेख्दै छु, भुल भए माफ पाउ !

करिब साढे दुई वर्ष अघि, एउटा गीतको कामको क्रममा एलिनाले खुसुक्क “दाइ, यही केटा हो मैले मन पराएको, कस्तो छ भनेर सोध्यो, केटो अगाडि नै यताउता गर्दै थियो ।
मैले भने – हेर्दा त ठीकै लाग्यो तर राम्रोसँग बुझेर मात्र अघि बढ है ।
उनले “हुन्छ” भनिन्..
तर पछि बुझ्दै जाँदा उनी त्यो केटाको मायामा चुरलुम्म डुबिसकेकी रहिछिन्।

केही महिनापछि अर्को गीतको कामले फेरी भेट भयो। यसपालिको भेट अलि फरक थियो।
त्यतिबेलासम्म उनी अस्ट्रेलिया पुगेर फर्किएकी थिइन्, अनि उनी र त्यो केटाको प्रेमको चर्चा चारैतिर फैलिएको थियो। तर अनुहारमा पहिलेको जस्तो रौनक थिएन। चिसो, र चिन्ताको रेखाहरु देखिरहेको थियो ।
“के भयो?” भनेर सोध्दा उनले सिधै भनिन् – “दाइ, ब्रेकअप भयो।”
म तिनछक्क परे ..
मैले किन भनेर सोधे,
बिस्तारै उनले भन्दै गईन, शंका गर्ने, झगडा, गाली गलाैच, कहिलेकाहीँ त पिट्ने पनि सुनाईन् ।
उनले फोनको म्यासेज देखाइन् – ती अपशब्द र निचताले भरिएको थियो ।
ती अश्लिल र ज्यादै खराब शब्दहरू देख्दा माया गर्ने मानिसले पनि यति तल्लो स्तरको शब्द प्रयोग कसरी गर्न सक्छ भन्ने लाग्यो । तर त्यो भन्दा आपत्तीजनक थप गोफ्य कुराहरु छन्, जुन यहाँ सार्वजनिक गर्न सकिदैन ।
लहरो तान्दा पहरो जाला भन्ने सजकता पनी अपनाउन जरुरी छ । र उनीहरुको गोपनियताको सम्मान गरे ।

रुँदा आशु पुछ्दा पुछ्दै  गलाको छाला छिलिएका कैयन फोटोहरू हेर्न नसकिने थियो..
मैले भने – “अब तिमी बाँच्यौ, ठीक भयो ब्रेकअप भएको। अब फेरी नफर्किनु ।

तर केही समयपछि खबर आयो – बिहे हुन लागेको छ!
त्यो सुन्दा म एकछिन स्तब्ध भएँ।
त्यस्तो समस्याग्रस्त सम्बन्ध कसरी बिहेमा परिणत भयो भनेर !!
बिहेको निम्तो आयो तर साँचो भन्नु पर्दा मलाई जान मन लागेन, मनले भन्यो प्यारी नजिकको बहिनी जानी नजानी कसैको मायामा पागल भएर गलत निर्णय गर्दैछे, म त्यो खुशीको नाममा पाकेको विनाशको पुलाउ खान जान सक्दिनँ ।

FB मेसेजमा यत्ति लेखेँ –
“तिमीले जहिले पनि आफ्नो मनले निर्णय लिएको छौ । यो डिसिजन पनि भनेजस्तै सफल होस् – शुभकामना छ।”

साँच्ची  नै उनको दिमाखलाई मनले जितेको दिन थियो त्यो दिन, उनले अतिनै भावुक भएर आफुले मन पराएको मान्छेलाई सबै कुरा दाउमा राखेर बिहे गरेका थिइन् । उनले सोचिन् , मैले बिहे नै गर्यो भने सायद हाम्रो सम्बन्धको धेरै समस्याहरु सकिने छ र जिवन सुखी हुनेछ ।

बिहेपछि जे जे भयो, मिडियाहरुमा आइसक्या छ।
ऐलिनाले माया पाउने आशामा, संसारको सबै कुरा बेवास्ता गरेर अघि बढेकी थिइन्।
‘पैसा’, ‘रुप’, ‘सक्सेस’ सबैकुरा भएको उनलाई बिहे गर्न चाहने हजारौ एक सय एक केटाहरुको लाइन थियो ।
यो कुरा ऐलिनालाई गाली गर्नेहरुले बुझ्नुपर्न जरुरी छ कि उनले त्यै एक व्यक्तिलाई रोजिन् कारण उनी साचिकै त्यो केटालाई असाध्यै माया गर्थिन्।
तपाईलाई प्रश्न छ ..
के तपाईले कहिलै कसैलाई माया गर्नु भएको थियो/छ ?
माया गरेको मानिसको लागी के के त्याग गर्नु भयो ?
कुन हदसम्म जानुभयो ?
तपाईमा आफ्नो आमा बुवासँग लड्न सक्ने हिम्मत छ/थियो ?
तपाई सारा समाजको प्रश्न को उत्तर दिने र सहन सक्ने आट थियो/ छ ?

त्यो सानी केटीले त्यै केटोसॅग बिहे गर्न सारा दुनियासँग लडेर आफ्नो जिवनको डिसिजन आफै लिएकी थिइन् ।
म त सलुट गर्छु एस्तो हिम्मवाली नारीलाई । हो सफल भईन तर जिवनको भोगाईमा सधै सफलतानै लेखेको हुन्छ भन्ने जरुरी हुदैन रहेछ, कि तपाईको लागी हुन्छ ?
गाली गर्नेहरु –
के तपाईको जिवनमा सबै कुरा भनेजस्तै राम्रो, सधै सक्सेस भएको छ ?
तपाईको आसपासमा कसैको छोटो समयमा डिभोस् भाको छैन ?
हदै सम्मको मन नमिलेपछिको झगडा, मनमोटाव पछि पनी संगै बस्न पर्छ भन्ने छ ? दुबैजना संगै बस्न सकेनन् छुटे अनी पारपाचुके गरे आफ्नो आफ्नो बाटो लागे । तर त्यपछिका दिनमा लगातार केटीको चरित्र हत्या हुने गरी गारिएको टिप्पणि उदेकलाग्दो देखिन्छ । प्रोफाईल हेर्दा राम्रै मानिस देख्छन् तर तै राम्रा देखिने मानिसले गरेको कमेन्टको भाषा हेर्ने हो भने कुनै गल्लिको आबारा गुन्डाको भन्दा फरक देखिन्न । लेखाईमा नालिको दुर्गन्ध आईरहेको हुन्छ । निचताको सबैभन्दा तल्लो स्तरमा खसेर अरुलाई जथाभाबी लेखेर खुशी हुने तपाईको असली हैसियतको प्रमाण तपाई आफै दिदै हुनुहुन्छ । यसरी अरुलाई बिष ओकेलेर तपाई राती आनन्दले सुत्न चाई कसरी सक्नु हुन्छ ?
यसबाट हामी सोसल भिडीयामा कती असंम्वेदनशिल हुन सक्छौ भन्ने छर्लंग हुन्छ ।

ऐलिनाले बारम्बार भनिसकेको छ की मैले गल्ती गरेको हो, धरपरिवार कसैको सुनिन । के मान्छेबाट
भुल हुदैन ?

के तपाई बाट अहिले संम्म आफ्नो जिवनमा केहि भुल वा गलत डिसिजन भएको छैन ?
एदि छैन भने तपाई मान्छे नै होईन पक्कै तपाई भगवान को अवतार हुन पर्छ ।
तेस्तो हो भने, ठेगना दिनुस् धुप र अगरबत्ती लिएर आउछौ । पैसो पनि चढाईदिउला ।

अरुको द:खमा रमाउने, हांस्ने, खिसी उडाउने, नकारात्मक कुरालाई झन बढाईचढाई गर्ने, कसैलाई केई नसोची जे पायो तै लेखिदिने,
कसैको जिवनमा घटेको धटनालाई सारै सस्तो, हल्का र तल्लो ईस्तरको जवाफ / कमेन्ट गर्नेहरु अहिलेको सोसल मिडीया जमानाको नरपिचासहरु हुन् । यिनीहरुलाई बेलैमा धामी लगाएर मन्छाउन खोजेको तिमीले एकदम ठिक गर्यो ।।

कतिपय मिडियाका पत्रकारहरुलाई दशै‌ ने आएको हो कि जस्तो लाग्छ, कसको जिन्दगीमा आगो लाग्छ र पेट्रोल हाल्न जाम भनेर ढुकेर बसेको देखिन्छ । हुदै नभाको कुरालाई बंगाई बंगाई, मर मसाला हालेर समाचार बनाएको देख्दा सारै दु:ख लाग्छ, यस बिषयमा सरकारले केहि कदम चाल्न अति जरुरी भइसकेको छ । एक महिला प्रत्रकार आफु महिला भएर पनी झन् उल्टै अफ्याठ्यारो हुने प्रश्न गर्दै गरेको भिडियो देखे, ऐलिना चिच्याईचिच्याई जवाफ दिईरहेकी थिइन्, कस्तो कुरुपता हो यो ? कस्तो समाज हो यो ?

सोच्न जरुरी छ –
• के हामी अरुको दु:खमा रमाउने ‘सोसल मिडिया शिकारी बन्दैछौं ?
• के हामी कसैको भोगाइ बुझ्ने कोसिस नगरी नै ‘न्यायाधीश’ बनिरहेका छौं ?

एकदिन हामी आफैं त्यस्तै केही गल्ती गरौँला, त्यस्तै चोट भोगौँला – अनि तब हामीलाई थाहा होला, कसैको घाउमाथि नुन दल्ने कुरा कति निर्मम र कठोर हुन्छ भनेर ।

(अत्यन्त मार्मिक शब्दहरु जिबेश सिंह गुरुङकाे फेसबुक वालबाट साभार ।)

Author:



क्याटोगरी छान्‍नुहोस