सप्तरी प्रहरीलाई ठूलो सफलता कुखुरा फर्मबाट ७ सय ६३ कार्टुन मदिरा बरामद

राजविराज, १३ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीले भारततर्फ तस्करी गर्न राखिएको ठूलो मात्रामा मदिरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम कुमार केसीका अनुसार मामाश्री दिलवाले ६४१ कार्टुन, कर्णाली गोल्ड ५ कार्टुन, कस्तुरी ४३ कार्टुन, किङ फिसर बियर क्यान ४७ कार्टुन, वृक्ष रक्सी ४ कार्टुन, गोर्खा बियर क्यान २० कार्टुन र अर्ना बियर क्यान ३ कार्टुन छन् । बरामद मदिराको मूल्य करिब १२ लाख ८८ हजार ९ सय ७५ रुपैयाँ रहेको जानकारी दिईएको छ ।

प्रहरीले तस्करीमा प्रयोग गरिएका भारतीय नम्बरका ४ मोटरसाइकल र ३४ वटा साइकल समेत नियन्त्रणमा लिएको छ । उक्त सवारी साधन र बरामद मदिरा आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइने एसपी केसीले जानकारी दिएका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी झुटकी र सशस्त्र प्रहरी बल बीओपी बनैनियाँबाट खटिएको २६ जनाको संयुक्त टोलीले कमलपुरस्थित एक कुखुरा फर्ममा लुकाएर राखिएको मदिरा बरामद गरेको हो । भारतर्फ अवैध मदिरा तस्करी हुँदैआएको जनगुनासो बढेपछि प्रहरीले त्यस विरुद्ध अभियानलाई तिब्रता दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलन ।
Author:



क्याटोगरी छान्‍नुहोस