सुरेश मण्डल
डिप बोरिङ भनेको जमिन मुनिबाट अत्यधिक पानी निकाल्ने प्रक्रिया हो। भू-जलको अत्यधिक दोहनले पानीको सतह झन् झन् गहिरो हुँदै जान्छ र भविष्यमा पानी पाउन गाह्रो हुन्छ। यसले भूमि धसिने जोखिम बढाउन सक्छ। पानी निकाल्दा जमिन कमजोर हुन्छ र शहर/गाउँमा जमिन धसिन सक्छ।
इनार र कुवा सुक्ने खतरा बढ्छ जसले गर्दा छिमेकीको पानी स्रोत सुक्ने तथा समाजमा पानीको लागि झै झगडा हुने सम्भावना उतिकै बलियो भएर आउँछ। त्यस्तै पानीको गुणस्तरमा गिरावट हुन्छ। गहिरो पानीमा आर्सेनिक, फलाम, फ्लोराइड बढी मात्रामा हुनेगर्दछ। जसले गर्दा स्वास्थ्यमा दीर्घकालीन असर (जस्तै: क्यान्सर) हुने सम्भावना बढी हुन्छ। साथ साथै प्राकृतिक जलचक्र बिग्रिन्छ। पोखरी,नदी, ताल, सिमसार इत्यादी सुक्न सक्छ र पशु, पंक्षी, बनस्पतिहरुको जीवन चक्र संकटमा पर्ने गर्दछ।
समाधान के हो त ?
वर्षा, बाढी इत्यादीका पानी संकलन गरौं। भू-जल पुन:भरण (Recharge Center) हरु अत्यधिक मात्रामा बनाऔं। पोखरी, इनार, कुवा तालतलैया इत्यादी संरक्षण गरौं। स्थानीय तह मार्फत डिप बोरिङलाई नियमन गरौं र बैकल्पिक पानीको श्रोतमा जोड दियौं।
(लेखक मण्डल जसपा नेपालका केन्द्रीय सचिव हुन् ।)