हवाई फायरपछि खैरो हेरोइनसहित दुई युवा पक्राउ

राजविराज, १८ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरबाट आइतबार बिहान प्रहरीले हवाई फायर गरी दुई जनालाई पक्राउ गरिएको छ।

गोप्य सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतमकुमार केसीका अनुसार प्रहरी देख्नेबित्तिकै भाग्ने प्रयास गर्दा दुई राउण्ड हवाई फायर गर्न बाध्य भएको हो। पक्राउ परेका व्यक्तिले आफ्नो नाम विशाल राय र मनोज राय बताएका छन् तर ठेगाना प्रष्ट हुन सकेको छैन।

उनीहरूको साथबाट करिब २०० ग्राम खैरो हेरोइन बरामद भएको र तौल परीक्षण तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस