राजविराज, १८ साउन | निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
प्राप्त जानकारी अनुसार आइतबार दिउँसो २ बजे कोशी नदीमा पानीको बहाव १ लाख ८९ हजार ३९० क्यूसेक प्रतिसेकेन्ड मापन गरेको छ । पानीको बहाव अझै बढ्ने क्रममा रहेको छ।
खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र रातो बत्ती बालिएको छ। पानीको बहाव कम गर्न २६ वटा ढोका खुला गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छ्न्।
उनले कोशी नदी आसपास क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।