राजविराज विमानस्थलमा ३६ हजार साउदी रियालसहित युवक पक्राउ

राजविराज, २ भदौ । सप्तरीको खडक नगरपालिका–११ लंका टोलका ३३ वर्षीय मोहम्मद खुर्शिद आलम राजविराज विमानस्थलमा झण्डै ३६ हजार साउदी रियालसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार आलम आइतबार दिउँसो राजविराजबाट काठमाडौं उडान भर्न लागेका बेला चेकजाँचका क्रममा समातिएका हुन्। उनको साथबाट स्रोत खुल्न नसकेको ३५ हजार ९७६ साउदी रियाल बरामद भएको प्रहरीले जनाएको छ। आवश्यक कारबाहीका लागि आलमलाई आन्तरिक राजस्व कार्यालय, ईटहरी पठाइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस